Compulsory Nepali | SLC Exam Paper | 2072 [2016]

compulsory nepali slc see exam paper 2072 2016
DR Gurung
Compulsory-Nepali-SLC-Exam-Paper-2072-2016
Symbol No. ...
W-RE-105
2072 (2016)
अनिवार्य नेपाली

दिइएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस्। 

समय : ३ घण्टा
पूर्णाङ्क : १००

१. समूह 'क' मा दिइएका शब्दहरुको अर्थ समूह 'ख' बाट पहिचान गरी उत्तरपुस्तिकामा लेख्नुहोस्।  [४]

समूह 'क' समूह 'ख'
चिट्टे निधार
पेस्की श्रद्दा
अभिशाप भक्त
निष्ठा असभ्य
मनसुबा छरितो
ललाट बाजे
जिबा सराप
उपासक प्रशस्त

बैना

विचार

घमण्ड

२. खाली ठाउँमा उपयुक्त शब्द भर्नुहोस्। [३]
(क) गृहको पर्यायवाची शब्द ........ हो। ( घर, विधालय, कार्यालय )
(ख) देवको विपरितार्थी शब्द ........ हो। ( देवता, दानव, मानव )
(ग) ........ अनेकार्थी शब्द के हो। ( अबेला, झमेला, बेला )
(घ) कोसिसको पर्यायवाची शब्द ........ हो। ( प्रभात, प्रयत्न, प्रकाण्ड )
(ङ) ........ अनेकार्थी शब्द हो। ( रहर, बहर, लहर )
(च) ........ श्रुतिसमभिन्नार्थी शब्द हुन्। ( ज्ञान-ध्यान, पार-तार, कोश-कोस )

३. अर्थ स्पष्ट हुने गरी वाक्यमा प्रयोग गर्नुहोस्। [५]

वरण गर्नु, हुने विरुवाको चिल्लो पात, मुसुक्क, रे, क्षितिज।

४.
(क) तल दिइएको वाक्यलाई शुद्ध पारी सार्नुहोस्।  [३]

लामो सूस्केरा हालेर धौम्यले भने न्यायको पक्षको फलत तपाइँले देश निकाला पो पाउनुभएछ, तर हेर्नोस् सँगसँगै जाऔँला।

(ख) तलका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस्। [२]

      (अ) i) सुशुप्त       ii) सुषुप्त       iii) सुसुप्त       iv) शुसुप्त
      (आ) i) पुजासामग्री       ii) पूजासामग्री       iii) पुजासामाग्री        iv) पूजासामाग्रि
      (इ) i) पञ्चतन्त्र       ii) पङ्चतन्त्र        iii) पंचतन्त्र        iv) पम्चतन्त्र
      (ई) i) व्यबहार       ii) व्यवहार       iii) बेबहार       iv) ब्यवहार


५. रेखाङ्कित शब्दहरुको पदवर्ग छुट्याउनुहोस्। [४]

हरे ! हामी नेपाली जनता किन प्राकृतिक विपत्तिबाट झनझन सताइन्छौँ हँ ?

६.
(क) तलका उपसर्ग र प्रत्यय लगाई एक एक शब्द बनाउनुहोस्।  [२]
       उपसर्ग : अति, प्र
       प्रत्यय   : आइ, ता
(ख) समास वा विग्रह गर्नुहोस्। [२]
       लामो पुच्छर छ जसको, जन्मान्ध, राष्ट्रको पति, दोमन

७. कोष्ठमा दिइएको धातु र सङ्केतका सहायताले खाली ठाउँ भर्नुहोस्।  [५]

(क) कृतेश पासवान परीक्षामा उत्तीर्ण ........। ( हु : सामन्य भविष्यत् )
(ख) आङ छिरिङ सोलुखुम्बुबाट ........ । ( आउ : अपूर्ण वर्तमान )
(ग) उनीहरु हलेसी महादेवको दर्शन गर्न ........ । ( जा : अज्ञात भूत )
(घ) तिमी गाउँको उन्नतिमा ........ । ( लाग् : आज्ञार्थक )
(ङ) हामी संविधानको कार्यान्वयन राम्ररी ........ । ( गर् : इच्छार्थक )

८. कोष्ठमा दिइएको सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस्।  [५]

(क) हरिवंश आचार्यले 'चिनो हराएको मान्छे' लेखेका छन्। ( कर्मवाच्य )
(ख) तिमी असलको सङ्गत गर। ( अकरण )
(ग) भूकम्पबाट उसले धेरै दु:ख पायो। ( वहुवचन )
(घ) काफल पाकेको ठाउँमा चरी नाच्छ। ( मिश्रवाक्य )
(ङ) भान्जी सुतिन्। ( प्रेरणार्थक )

९. तल दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नहरुको छोटो उत्तर दिनुहोस्।  [५]

जबसम्म महिलाहरुलाई सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक र राजनीतिक दृष्टिले सशक्तीकृत एवम् अधिकार सम्पन्न बनाउन सकिँदैन तबसम्म लैङ्गिक असमानताले नेपाली समाजमा जरो गाडिरहने देखिन्छ। यद्धपि महिला विकासको सिद्धान्तले महिलाहरु समाजका कमजोर वर्गका रुपमा रहँदै आएकाले सामाजिक विकासको मूल प्रवाहमा उनीहरुको समान र अर्थपूर्ण सहभागीता हुनु अत्यावश्यक मानेको छ, त्यसैले उनीहरुको अनुभव र प्रतिभालाई महत्व र वैधानिकता दिने, पुरुषप्रधान आर्थिक तथा सामाजिक संरचना भएको समाजका महिलाप्रतिको प्रभुत्व कम गर्ने, महिला विकासका पक्षहरुमा सर्वाधिक महत्व दिई महिला र पुरुषको समान सहभागिता कायम गरेर समाजको दिगो आधार खडा गर्ने जस्ता पक्षहरुलाई प्रधानता दिइँदै आएको छ। तर पनि खास तवरले जबसम्म महिलाहरुको सामाजिक विकासमा अर्थपूर्ण र बराबरीको सहभागीता स्वीकार गरिदैन, विकासका क्रियाकलापमा सक्षम, समर्थवान् र अग्रसर बनाइँदैन र महिलाको कानुनी हक हितलाई संरक्षण गर्न र स्रोत साधनहरुको न्यायोचित वितरण गर्न सकिँदैन तबसम्म महिलाहरु सशक्तीकृत भएको मान्न मिल्दैन।

प्रश्नहरु:
(क) कुन अवस्थासम्म लैङ्गिक असमानता बाट नेपाली समाज मुक्त हुँदैन ?
(ख) महिला विकासको सिद्धान्तले के कुराको अपेक्षा गरेको छ ?
(ग) के कस्ता उपलब्धि हासिल नभई महिला सशक्तीकरण हुन सक्दैन ?
(घ) कसरी दिगो समाजको आधार खडा गर्न सकिन्छ ?
(ङ) 'सर्वाधिक' र 'सक्षम' शब्दको अर्थ लेख्नुहोस्।


१०. तलको गद्धांशबाट चार ओटा बुँदा टिपी सारांश लेख्नुहोस्।  [२ + ३ =  ५]

जयपृथ्वीबहादुर सिंह देश र जनताको उन्नतिमा सदा चिन्तनशील रहन्थे। आफ्नो अध्ययन सकेपछि उनले बझाङ्को आर्थिक, सामाजिक, शैक्षिक आदि स्थितिको राम्रो अध्ययन गरी सुधार गर्ने प्रयत्न गरे। कुनै पनि देशमा शिक्षा र स्वास्थ्यको स्थिति सुदृढ नभएमा त्यसमा देशको विकास हुन् सक्दैन भन्ने उनको धारणा थियो। तसर्थ उनले सात आठजना मानिसहरुलाई काठमाण्डौमा नै लगे र विभिन्न विषयमा अध्ययन गराई तालिमसमेत दिने व्यवस्था गरे। जनस्वास्थ्यलाई ख्याल गरी उनले त्यहाँ एउटा आयुर्वेदिक औषधालयको स्थापना गरे। उनले धार्मिक एवम् सामाजिक क्षेत्रमा विभिन्न प्रकारका तालिमको व्यवस्था गरी उनीहरुको सीप विकास गर्नमा पहल गरे। स्थानीय जनताको गिर्दो आर्थिक अवस्थालाई उकास्ने उद्देश्यले उनले विभिन्न घरेलु इलमहरु खोल्न जनतालाई प्रोत्साहन गरे। यति मात्र नभएर भूमिसुधारको माध्यमबाट गरिब किसानहरुलाई मोहियानी हक दिलाउने जस्तो क्रान्तिकारी कदमद्वारा उनले विभिन्न ठाउँमा आफ्नो मानवतावादी विचारलाई मूर्त रुप दिए। बझाङ्गभित्र यातायातलाई सुगम बनाउन गोरेटो र घोडेटो बाटो पनि बनाउन लगाए। स्थानीय स्रोत साधनलाई परिचालन गर्न खानीसमेत खोल्न लगाई त्यस ठाउँको चौतर्फी विकासमा महत्वपूर्ण योगदान दिएका थिए।

११. तलका मध्ये कुनै एक प्रश्नको उत्तर दिनुहोस्।  [५]

(क) दिइएको बुँदाहरुका आधारमा छोटो कथा लेखी उपयुक्त शीर्षक समेत दिनुहोस्। 
एउटा जोगी हुनु ......... आफू धनी भएको भए थुप्रै दान गर्ने भनी भगवानलाई सम्झनु ........ उसको पुकार भगवानले सुन्नु ........ भगवानले जोगीको परिक्षा लिने विचार गर्नु ........ भगवान रथ चढेर त्यहीँ आउनु ........ जोगीले मकैको सानो गेडो दिनु ........ भगवान बाटो लाग्नु ........ जोगी निराश हुनु ........ उसले नाङ्लामा भिक्षा खन्याउनु ........ जोगीले सानो सुनको डल्लो पाउनु ........ उसलाई ती मानिस भगवान भएको विश्वास हुनु ........ उसलाई पछुतो हुनु ........ आफूले दान गरे मात्र आफूलाई केही मिल्नु

(ख) दिइएका बुँदाहरुका आधारमा छोटो जीवनी तयार पारी शीर्षकसमेत राख्नुहोस्।  [५]
नाम            मोतीराम भट्ट
जन्ममिति    वि.सं. १९२३ भाद्रकृष्ण कुशे औंशी
जन्मस्थान   : मोसिको टोल, काठमाडौं
माता/पिता   : रिपुमर्दिनी देवी/दयाराम भट्ट
शिक्षा           : बनारस, भारतमा संस्कृत, अंग्रेजी र उर्दूको शिक्षा आर्जन
प्रमुख कार्य  : बजारमा 'भारत जीवन' नामको छापाखाना स्थापना गरी 'गोरखा, भारत जीवन' नामको पहिलो नेपाली पत्रिका र भानुभक्तीय रामायण बालकाण्ड प्रकाशन
व्यक्तित्व      : नेपाली साहित्यको माध्यमिक कालका अग्रणी प्रतिभा, प्रथम नेपाली गजलकार, नाटककार, जिवानिकार, समालोचक, पत्रकार, मोतीमण्डलीको स्थापना, नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने
कृतिहरु        : प्रह्लाद भक्तिकथा, पीक्दूत, उषा चरित्र, गजेन्द्रमोक्ष, मनोद्वेग प्रवाह, भ्रमरगीत, कवि समूह वर्णन, प्रियदर्शिका-नाटिका, शकुन्तला-नाटक
मृत्यु             : वि. सं. १९५३ भाद्र कृष्ण कुशे औँशी

१२. जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगितामा आफ्नो विधालयको तर्फबाट आफूलाई सहभागी बनाइदिन सिफारिस माग गर्दै आफ्नो विधालयका प्रधानाध्यापकलाई निवेदन लेख्नुहोस्।  [५]

१३. तलका मध्ये कुनै एक प्रश्नको उत्तर दिनुहोस्।  [५]
(क) 'बालअधिकार' शीर्षकमा संवाद तयार पार्नुहोस्।
(ख) 'भाग्य भन्दा पुरुषार्थ ठूलो' भन्ने वादविवादको विषयको पक्षमा विपक्षिको मतको खण्डन गर्दै आफ्ना गहकिला तर्कहरु प्रस्तुत गर्नुहोस् /

१४. कुनै एक शीर्षकमा २०० शब्दमा नघटाई निबन्ध लेख्नुहोस्।  [१०]
(क) राष्ट्रनिर्माणमा युवा सहभागिता              (ख) नारी सशक्तीकरण
(ग) मेरो भविष्यको योजना

१५. कुनै एकको सप्रसँग व्याख्य गर्नुहोस्।  [५]
(क) मातासरी सुख दिन्या कुन चिज छ जान्नु ?
       विद्धै छ त्यस्तो अरु कौन खोज्नु।
(ख) हरेक सभ्य जातिको अस्तित्वलाई जिवन्त राख्न त्यस जातिको बाङ्मयले महत्वपूर्ण भूमिका खेलेको हुन्छ।

१६. कुनै दुई प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस्।  [२x५=१०]
(क) मिथिला चित्रकलामा कुन कुन जीव र वनस्पतिलाई के-केका प्रतीकका रुपमा प्रयोग गरिन्छ ?
(ख) 'सहिदहरुको सम्झनामा' कवितामा सहिदहरुप्रति कस्तो श्रद्दा व्यक्त गरिएको छ ?
(ग) 'दोषी चस्मा' कथामा सामान्य कर्मचारीको कस्तो अवस्थाको चित्रण गरिएको छ ?

१७. तपाई 'न्यायको पक्ष' कथाका पात्र विदुर हुनुभएको भए तपाईको भूमिका के हुन्थ्यो ? तर्कहरु दिनुहोस्।  [५]

१८. तलका कुनै एक प्रश्नको विवेचनात्मक उत्तर दिनुहोस्।  [१०]
(क) समयको महत्वलाइ बुझ्न नसक्दा नेपाली समाजमा के-कस्ता विकृति र बेथितिहरू भित्रिएका छन् ? 'जय भोलि !' निबन्धका आधारमा लेख्नुहोस्।
(ख) आफ्नो देश र जातीको स्वाधिनताका लागि नेल्सन मण्डेलाले कस्तो योगदान दिएका छन् ? उनको जीवनीका आधारमा उल्लेख गर्नुहोस्।

Search Term/button

Exam Paper Of SLC 2072/2016.SLC Exam Paper 2072.SLC Exam Paper 2016., SLC Question Paper 2072.SLC Question Paper 2072.SLC Exam Paper 2072.2072 SLC Question Papers.2016 SLC Question Papers.SEE Question Papers 2072.SEE Question Papers 2016.2072 SEE Question Papers.2016 SEE Question Papers.Compulsory Nepali SLC Exam Paper 2072.Compulsory Nepali SLC Question Paper 2072.Compulsory Nepali SEE Question Paper 2072.Compulsory NepaliSLC Question Paper 2016.SLC Compulsory Nepali 2072 Question Papers.SLC Compulsory Nepali 2016 Question Papers.2072 Nepali SLC Question Papers.2016 Nepali SLC Question Papers.Question Papers Of Nepali SLC 2072.Question Papers Of Nepali SLC 2016.www slc com np. alert-info

DR Gurung
A Learner (अज्ञान जस्तो ठूलो शत्रु अरु केही छैन।) 🙏🙏
Comments
First of all, thank you for taking the time to read my blog. It's much appreciated! If you would like to leave a comment, please do, I'd love to hear what you think!

Suggestions and/or questions are always welcome, either post them in the comment form or send me an email at drgurung82@gmail.com.

However, comments are always reviewed and it may take some time to appear. Always keep in mind "URL without nofollow tag" will consider as a spam.

To add an image:
[image] image_url [/image]

To add a code block:
[code] your_code [/code]

To add a quote:
[quote] your_quote [/quote]

To add a link:
[link] your_link_text | link_url [/link]
Comment Poster
Check and Download Question Paper Of SEE, NEB, Bachelor Level, Maters Level

Exam Papers NEPAL