जन्मदिनको उपहार

DR Gurung
दिपक आज निकै खुशि छ, नहोस् पनि कसरि आज उसको प्रियशी दिपिकाको जन्मदिन न पर्यो । अरु दिन भए राती नौँ बजे नै निद्रादेवीको काखमा मस्त निदाउने दिपक हिजो भने राति १२ बजे सम्म जागै बसि आफ्नी प्रियशीलाई जन्मदिनको शुभकामना दिएर अरु धेरै मिठा-मिठा कुरा गरेर करिब २ बजेतिर मात्र सुतेको भएर होला आज ऊँ उठ्दा नौँ बजी सकेको हुन्छ ।

हिजो दिपिकालाई भोली दश बजे क्याफेमा भेट्ने भनी गरेको वाचा सम्झी दिपक हतार-हतार तयार हुन्छ सधैँ झै आफुलाई मन पर्ने जीन्स र दिपिकाले गिफ्टमा दिएको टिसर्ट र कन्भर्समा । हतारै भएको भए पनि आफ्नो जुल्फि मिलाउन र पल्सर बाइक पुछपाछ गर्न पनी भ्याउँछ दिपकले अनि बाइक हुइक्याउदैँ लाग्छ दिपिकालाई भेट्न क्याफे तिर ।

कानमा एयरफोन लगाई पाश्चात्य संगितको आन्नद लिदैँ तिव्र गतिमा बाइक कुदाउदैँ दिपक केही बेर मै क्याफे निर पुग्छ अनि आफ्नो बाइक पार्किङ्ग गरेर क्याफे भित्र छिर्नै लाग्दा बल्ल आफुले दिपिकालाई गिफ्ट ल्याउनै बिर्सेको सम्झेर आफुलाई मन-मनै गाली गर्दै नजिकै रहेको गिफ्ट सप-तिर लाग्छ ।

गिफ्ट-सपमा गई गिफ्ट छान्दै गर्दा कोही बेस्सरी रोइरहेको सुनेर दिपकले पछि फर्की हेर्दा एउटा यस्तै करिब १५–१६ वर्षको केटालाई एउटा बुढो मान्छेले पिटिरहेको हुन्छ तर त्यो केटा भने त्यही मान्छेको खुट्टा छोपी केही मागि रहेको हुन्छ । यो सब के भइरहेको छ भनी जिज्ञाशा लागेर दिपक त्यतै तिर लाग्छ ।

ऊँ त्यहाँ पुग्दा सम्म त्यो बुढो मान्छे अलि परै पुगिसकको हुन्छ तर त्यो केटा भने त्यही बसेर डाँको छोडेर रोइरहेको हुन्छ । यो देखेर दिपकलाई निकै दया लाग्छ, त्यो केटालाई नरोऊ भन्दै सम्झाएर के भयो भनी सोध्छ।

धेरै बेरको सोधाइ पछि र दिपकले फकाएपछि अश्रुमिश्रित स्वरमा सुकसुकाउदैँ त्यो केटाले आफु त्यही परको सुकुम्बासीको भएको र अहिले नजिकै रहेको स्कुलमा कक्षा दशमा पठ्दै गरेको र आज एस.एल.सी.को परीक्षा फर्म भर्ने अन्तिम मिती भएकोले दश बजे भित्रमा फर्म भरी सक्नु पर्ने हुदाँ गिट्टी कुटेर जम्मा पारेको हजार रुपिया लिएर स्कुलतिर जान लाग्दा आफ्नो जड्याँहा बाबुले खोसेर लगीदिएकोले रोएको हो भन्छ र अब मैले एस.एल.सी दिन नपाउने भए भनी फेरी रुन थाल्छ ।

त्यो केटाको अवस्था देखी आफ्नो बाल्यकालमा आफुलाई पढाउन आफ्नो अभिभावकले गरेको संघर्ष सम्झी दिपकलाई त्यो केटाप्रति निकै दया लाग्छ र आफ्नो वालेट बाट हजारको नोट निकाली त्यो केटाको हातमा राखिदिन्छ र नरोऊ अब जाउँ गएर फर्म भर भन्छ ।

आफ्नो हातमा रहेको हजारको नोट देखेर त्यो केटा निकै खुशि हुन्छ आशुँ पुच्छ र दिपकको खुट्टा ढोग्न खोज्छ तर दिपकले रोक्छ । अनि दिपकको हातमा रहेको घडी हेरी – “ओहो १० बज्न लाग्यो म जान्छु है दाजु, मैले हजुरको पैशा छिट्टै जम्मा पारेर दिन्छु, म बस्ने उ त्यही सुकुम्बासीमा हो ! काले भनेर सोध्नु भयो भने सबैले बताइदिनेछन् ” भन्दै दौडिदैँ आफ्नो स्कुलतिर जान्छ ।

त्यो केटालाई सहयोग गर्न पाएकोमा र त्यो केटाको इमान्दारिता देखेर दिपक पनि खुशि हुन्छ र घडीमा हेरी ला ! दश बजीसकेछ अब दिपिकाले मार्ने भइन्, अझ गिफ्ट पनि लिएको छैन मनमनै सोची यसो पछाडि के फर्केको थियो दिपिका उसकै पछि उभिइरहेकी हुन्छिन् । अब आज मर्ने भइयो भनी डराउदैँ दिपक सरी लेट भयो मैले त तिम्रो लागि गिफ्ट पनि लिन भ्याएको छैन, नरिसाऊँ है बरु मैले तिमीले भनेकै गिफ्ट किनिदिउला नि भनी कान समात्छ ।

दिपकको कुरा सुनेर दिपिका रिसाएझैँ गर्दै दिपकतिर आउछिन् । दिपिकालाई त्यसरी आफु तिर आएको देखेर दिपक डराएर आखाँ चिम्म गर्दछ तर एकैछिन पछि ऊँ निकै अच्चम्मित हुन्छ जब दिपिकाले उसका ओठमा लामो अनि कसिलो चुम्बन गर्छिन् ।

दिपिका रिसाईन् होली भनी डराइ रहेको दिपक दिपिकाको त्यो मिठो चुम्बन त्यो पनि सबैका सामु पाएपछि एकछिन त के भो भनी टोलाउँछ र लजाउदैँ दिपिकातिर हेर्दै– जन्मदिन त आज तिम्रो हो ! तर मलाई यो मिठो उपहार के को लागि नि ! भनी सोध्छ ।

आफुले सबैको सामु चुम्बन गरेको महसुस गरेपछि दिपिका पनि लाजले एकछिन धपक्कै बल्छिन् अनि आफ्ना मृगनयनी नयन झुकाउदैँ, लजालु मुस्कान छर्दै खुशि मिसिएको स्वरमा–“मेरो जन्मदिनमा तिमीले अघिको त्यो बाबुलाई उसको भविष्य नै उपहारमा दियौँ मेरो लागि यो भन्दा ठुलो जन्मदिनको उपहार अरु के नै हुन सक्थ्यो र ?” भनी दिपकलाई आफ्नो कसिलो अंगालोमा बाध्छिन् ।
DR Gurung
A Learner (अज्ञान जस्तो ठूलो शत्रु अरु केही छैन।) 🙏🙏
Comments
First of all, thank you for taking the time to read my blog. It's much appreciated! If you would like to leave a comment, please do, I'd love to hear what you think!

Suggestions and/or questions are always welcome, either post them in the comment form or send me an email at drgurung82@gmail.com.

However, comments are always reviewed and it may take some time to appear. Always keep in mind "URL without nofollow tag" will consider as a spam.

To add an image:
[image] image_url [/image]

To add a code block:
[code] your_code [/code]

To add a quote:
[quote] your_quote [/quote]

To add a link:
[link] your_link_text | link_url [/link]
User
Comment Poster
Nice Story.
Comment Poster
Katha ramro chha. Admin Ji..ajhai yestai katha haru padhna paiyos. Thank you.
Comment Poster
Awesome story. Loved it.