Principles Of Accounting - I | Grade XI | Examination Paper 2074 [2017] | National Examinations Board

DR Gurung

NATIONAL EXAMINATIONS BOARD [NEB]
Principles Of Accounting I - Grade XI
Examination - 2074 (2017)
Subject Code: 124 ‘A’
Time - 3 hrs
Full Marks - 100
Pass Marks - 35
DOWNLOAD PDF | of Exam Paper | Principles Of Accounting-I Grade XI | 2074 [2017] NEB
विधार्थीहरुले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नेछ। दायाँ किनारमा दिइएको अङ्कले पूर्णाङ्क जनाउँदछ।
Candidates are required to give their answers in their own words as far as practicable. The figures in the margin indicate full marks.

१. लेखाशास्त्रका कुनै तीन उद्देश्यहरु उल्लेख गर्नुहोस्। [Mention any three objectives of Accounting.]  [३]

२. उपयुक्त उदाहरण सहित व्यावसायिक अस्तित्वको अवधारणाबारे छोटकरीमा लेख्नुहोस्। [With suitable example write in brief about Business Entity Concept.]  [३]

३. सन्तुलन परिक्षणको कुनै दुई उद्देश्यहरु उल्लेख गर्नुहोस्। [State any two objectives of Trial Balance.]  [२]

४. पूँजीगत र आयगत खर्चबीचका कुनै दुई भिन्नताहरु उल्लेख गर्नुहोस्। [Mention any two differences between Capital and Revenue expenses.]  [२]

५. साधारण सन्चितिको स्थापना गर्नुका कुनै दुई उद्देस्यहरु उल्लेख गर्नुहोस्। [Give two reasons why secret reserve is created.]  [२]

६. सरकारी श्रेस्ता प्रणालीका कुनै तीन विशेषताहरु उल्लेख गर्नुहोस्। [State any three features of governmental accounting.]  [३]

७. बजेट हिसाब भन्नाले के बुझ्नुहुन्छ? [What do you understand by Budget Sheet?]  [३]

८. निम्न कारोबारहरु दिएका छन्: [Following transactions are given:]
i) नगद रु. ३०,००० र उधारो रु. १०,००० को सामान खरीद गरियो। [Purchased goods for cash Rs. 30,000 and credit Rs. 10,000.]

ii) रु. ५०,००० को सामान नगदमा बिक्री गरियो। [Goods sold for cash Rs. 50,000.]

iii) तलब रु. १०,००० भुक्तानी गरियो। [Paid salary Rs. 10,000.]

iv) रु. १०,००० मुल्यको सामान रु. १५,००० मा विक्री गरियो। [Sold goods costing Rs. 10,000 at Rs. 15,000.]

तयार गर्नुहोस् [Required]:  [२]
लेखा समीकरण [Accounting equation]
९. निम्न कारोबारहरु दिइएका छन् [The following transactions are given]:
i. मनोहरबाट सामान खरीद [Purchased goods from Manohar] Rs. 50,000.
ii. मोहनलाई सामान विक्री [Goods sold to Mohan] Rs. 25,000.
iii. मनोहरलाई सामान फिर्ता [Goods returned to Manohar] Rs. 5,000.
iv. मनोहरलाई रु. ४२,००० तिरी हिसाब मिलान गरियो। [Cash paid to Manohar Rs. 42,000 in full settlement.]
तयार गर्नुहोस् [Required]:  [२+२=४]
क) प्रारम्भिक अभिलेख [Journal Entries]
ख) मनोहरको खाता [Manohar's Account]

१०. सामान बिक्री सम्बन्धी निम्न कारोबारहरु दिइएका छन्:[Following are the transactions relating to sale]:
बैशाख [Baisakh] ५ : गणेशलाई विक्री [Sold to Ganesh]:
                            १०० थान रु. ५०० प्रति थान [100 units @ Rs. 500 per unit]
                            २०० थान रु. ३०० प्रति थान [200 units @ Rs. 300 per unit]
बैशाख [Baisakh] १० :विनायकलाई विक्री [Sold to Vinayak]:
                            ५०० थान रु. २०० प्रति थान [500 units @ Rs. 200 per unit]
                            १०० थान रु. १०० प्रति थान [100 units @ Rs. 100 per unit]
तयार गर्नुहोस् [Required]: विक्री पुस्तिका [Sales Book] [२]

११. नगद तथा बैंक सम्बन्धी निम्न कारोबारहरू दिइएका छन्: [Following Cash and Banking transactions are given]:
June 1 : नगद मौज्दात रु. १,००,००० र बैंक मौज्दाद रु. २०,०००। [Cash Balance Rs. 1,00,000 and Bank Balance Rs. 20,000.]
June 3 : १०% छुटमा सामान खरीद रु. ५०,०००। [Purchased goods worth Rs. 50,000 at 10% discount.]  
June 5 : कार्यालय प्रयोगको लागि रु. ५,००० बैंकबाट झिकियो। [Cash withdrawn from Bank for office use Rs. 5,000.]
June 6 : विष्णुलाई तिर्नु पर्ने रु. १०,००० मध्ये रु. ९,५०० तिरी हिसाब मिलान गरियो। [Out of total Rs. 10,000, Rs. 9,500 is paid to Vishnu and settled the account.]
June 11 : तलब भुक्तानी [Salary paid] Rs. 10,000.
June 12 : नगद बैंक दाखिला [Cash deposited into Bank] Rs. 10,000.
तयार गर्नुहोस् [Required]:  [६]
तीन महलीय नगद पुस्तिका [Triple Column Cash Book]

१२. चैत्र ३१ गते पास बुक अनुसार बैंक मौज्दाद रु. ३०,००० देखियो। नगद पुस्तिका सँग मिलान गर्दा निम्न फरकहरु देखियो:
On 31st Chaitra, the balance of Bank Account as per Pass Book was Rs. 30,000. On reconciliation of both books of accounts the following differences are located:
i) व्याज बापत पास बुकमा डेविट गरिएको - रु. १०,००० [Interest debited in Pass Book - Rs. 10,000]
ii) रु. ५,००० को चेक बैंकमा जम्मा गरेकोमा नगद खातामा रु. ५०,००० चढाइएको। [Cheque deposited into the Bank Rs. 5,000 but Debited in the Cash Book Rs. 50,000.]
iii) रु. १५,००० को विभिन्न चेकहरु जारी गरेकोमा रु. १२,००० को चेकमात्र बैंकबाट भुक्तानी भएको। [Various cheques of Rs. 15,000 were issued for payment but cheques of Rs. 12,000 only were presented for payment.]
iv. रु. ३,००० को चेक बैंकमा जम्मा गर्न पठाएको तर बैंकले पास बुकमा क्रेडिट नगरेको। [A cheque of Rs. 3,000 was sent for deposit into Bank but not credited in Pass Book.
v) लगानी बाट प्राप्त ब्याज रु. ५०० बैंक पासबुकमा जम्मा देखियो तर नगद पुस्तिकामा चढाइएको देखिएन। [Interest received from investment of Rs. 500 has been credited in Pass Book but not recorded in Cash Book.]
vi) ग्राहकले सोझै बैंक दाखिला गरेको रु. १,००० नगद पुस्तिकामा नचढाइएको। [A customer directly deposited Rs. 1000 into the bank but has not been recorded in cash book.]
तयार गर्नुहोस् [Required]:  [६]
बैंक हिसाब मिलान विवरण [Bank Reconciliation Statement]

१३. सन्तुलन परिक्षण तयार गर्नु भन्दा पहिले भेटिएका गल्तिहरु निम्नानुसार छन् : [Following errors were located before the preparation of Trial Balance]:
i) राजलाई रु. ५,००० सामान विक्री गरिएकोमा रामको खातामा चढाइएको। [Goods sold to Raj for Rs. 5,000 has wrongly been debited to Ram's account.]
ii) मेसिनको ह्रास खर्च रु. १,००० गल्तीले रु. १०,००० लेखिएछ। [Depreciation of Rs. 1,000 on machine wrongly entered as Rs. 10,000.
iii) सतिशलाई उधारोमा विक्री गरेको रु. ५,००० खरीद पुस्तिकामा अभिलेख गरियो। [A credit sell of Rs. 5,000 to Satish has been recorded to Purchase Book.]
तयार गर्नुहोस् [Required]:  [१+१+२=४]
गल्ती सच्याउने आवश्यक भौचरहरु [Entries for rectification]

१४. कम्पनीको असमायोजित सन्तुलन परिक्षण निम्नानुसार छ : [Unadjusted Trial Balance of a company is as under]:
थप जानकारी [Additional Information] :
i) तिर्न बाँकी खर्च [Outstanding expenses] Rs. 5,000.
ii) मेसिनरिमा १०% ले ह्रास कट्टी गर्ने [Depreciate machinery at 10%].
तयार गर्नुहोस् [Required]:  [३] 
समायोजित सन्तुलन परिक्षण [Adjusted Trial Balance]

१५. व्यापारीको चैत्र ३१ को सन्तुलन परीक्षण निम्नानुसार छ : [The following is the Trial Balance of a trader as on 31st Chaitra]:
थप जानकारी [Additional Information] :
i) अन्तिम मौज्दात [Closing Stock] Rs. 50,000
ii) मेसिनरीमा १०% ले ह्रास कट्टी [Depreciate machinery at 10%].
iii) खराब आसामीमा रु. १,००० कट्टा गरी शंकास्पद आसामीमा १०% प्रावधान व्यवास्था गर्ने। [Write off bad debts Rs. 1,000 and make provision for bad debt @10%.]
iv) तिर्न बाँकी ज्याला [Outstanding wages] Rs. 2,000.
v) अग्रिम तलब भुक्तानी [Prepaid salaries] Rs. 10,000.
तयार गर्नुहोस् [Required]:  [४+६+५=१५]
i) व्यापार खाता [Trading Account]
ii) नाफा-नोक्सान खाता [Profit and Loss Account]
iii) वासलात चैत्र मसान्तको [Balance Sheet as on 31st Chaitra]

१६. एउटा कम्पनीले बैशाख १, २०७० मा दुई वटा मेसिन, प्रति मेसिन रु. २,००,००० का दरले खरीद गर्यो। माघ १, २०७१ मा रु. ३,००,००० को अर्को मेसिन खरीद गर्यो। २०७० मा खरीद गरेको एउटा मेसिनलाई २०७२ कार्तिक १ मा रु. १,५०,००० मा विक्री गर्यो। कम्पनीको खाताहरु चैत्र ३१ मा बन्द गरिन्छ। मेसिनमा वार्षिक १०% का दरले घट्दो शेष प्रणाली अनुसार ह्रास कट्टी गरिन्छ। [On 1st Baishakh, 2070 a company purchased two machineries @Rs. 2,00,000 each. On Magh 1, 2071 another machine was purchased for Rs. 3,00,000. On Kartik, 2072 the company sold one machine purchased on 2070 for Rs. 1,50,000. The accounts of the company are closed at the end of Chaitra each year and depreciation is charged 10% p.a. on diminishing balance method.
तयार गर्नुहोस् [Required]:  [२+२+४=८]
मेसिन खाता २०७० देखि २०७२ सम्म [Machine Account from 2070 to 2072].

१७. निम्न जानकारी दिइएका छन् [Following information are provided]:
शुरुको शंकास्पद आसामी जगेडा [Opening Provision for bad debts] Rs. 5,000.
नउठ्ने आसामी [Bad Debts] Rs. 2,000.
वर्षको अन्तमा आसामी [Closing Debtors] Rs. 60,000.
शंकास्पद आसामीको लागि व्यवस्था [Provision for bad debts to be maintained @10%].
तयार गर्नुहोस् [Required]:  [२]
शंकास्पद आसामी जगेडा कोष खाता [Provision for bad debt accounts].

१८. एउटा क्लबको निम्न जानकारी दिइएको छ: [A club has given the following information]:
वासलात [Balance Sheet]
३१ चैत्र २०७१ [As on 31st Chaitra 2071]
३१ चैत्र २०७२ को प्राप्ती तथा भुक्तानी खाता
Receipts and payments Account of chaitra 31st, 2072
थप जानकारी [Additional Information] :
i) अग्रिम वीमा भुक्तानी [Pre-paid insurance] Rs. 2,000.
ii) मेसिनरीमा १०% ले ह्रास कट्टी [Depreciate machinery at 10%].
iii) तिर्नु पर्ने तलब [Outstanding salaries] Rs. 5,000.
iv) प्राप्त हुन बाँकी सदस्य शुल्क [Subscription due] Rs. 10,000.
तयार गर्नुहोस् [Required]:  [५+५=१०]
i) आय-व्यय खाता [Income and Expenditure Account].
ii) वासलात [Balance Sheet].

१९. एउटा व्यापारीले नगद रु. १,००,००० तथा मेसिनरी रु. ५०,००० बाट व्यपार शुरु गर्यो। वर्षको अन्तमा उसको अवस्था निम्न अनुसार छ। [A trader started business with cash Rs. 1,00,000 and machinery Rs. 50,000. His position at the end of the year was as under]:
आसामी [Debtors]                   Rs. 40,000  मौज्दात [Stock] Rs. 30,000
दिनुपर्ने विल [Bills Payable]        Rs. 20,000  बैंक मौज्दात [Bank Balance] Rs. 25,000
तिर्न बाँकी तलब [Salary Payable] Rs. 5,000
वर्ष भरीमा निजी प्रयोजनको लागि रु. १०,००० झिकेको र मेसिनरीमा १०% ले ह्रास कट्टी गरेको छ। [Drawing for domestic use during the years Rs. 10,000 and depreciation on machinery @ 10% p.a.
तयार गर्नुहोस् [Required]:  [२+२=४]
i) अन्तिम पूँजी रकम देखिने विवरण [Statements of affairs showing closing capital]
ii) नाफा-नोक्सान विवरण [Statement of Profit and Loss].

२०. एउटा सरकारी कार्यालयको कारोबारहरु दिइएका छन् : [Following transactions of a government office are given]:
माघ १ : गत महिनाको वास्तविक खर्च रु. २,५०,००० को बजेट निकासा आदेश एवं बैंक आदेश प्राप्त।
Magh 1 : Received budget release and bank order for the actual expenditure of last month Rs. 2,50,000.
माघ ५ : फर्निचर खरीद पेश्की वापत श्री कार्कीलाई रु. ४०,००० को चेक जारी गरियो।
Magh 5 : Issued a cheque to Mr. Karki for furniture purchase advance of Rs. 40,000.
माघ २० : रामहरिको नाममा रु. ५,००० को सानो नगदी कोष स्थापना गरियो। 
Magh 20 : Petty cash fund of Rs. 5,000 is established in the name of Ramhari.
माघ २२ : कार्कीजीले पेश गरेको रु. ५०,००० को फर्निचर खरीद विल अनुसार निजको पेश्की फर्छ्यौट गरी बाँकी रकम चेकबाट भुक्तानी गरियो।
Magh 22 : Mr. Karki submitted furniture purchased bill for 50,000 and his advance is cleared and rest amount is paid by issuing a cheque.
तयार गर्नुहोस् [Required]:  [१+१+१+२=५]
गोश्वारा भौचर [Journal Vouchers]

२१. निम्न कारोबारहरू दिइएका छन् [Following transactions are given]:
माघ [Magh] 1: शुरु मौज्दात [Opening bank balance] Rs. 50,000.
माघ [Magh] 5: गत महिनाको वास्तविक खर्च रु. २,५०,००० को बजेट निकासा आदेश तथा रु. २,००,००० बैंक आदेश प्राप्त। [Received Bank order Rs. 2,00,000 and budget release order for the actual expenditure of last month Rs. 2,50,000.
माघ [Magh] 7: फर्निचर खरीद [Purchased furniture] Rs. 40,000.
माघ [Magh] 15: राम थापाको कार्यालय सामान खरीद विल अनुसार निजको नाममा रहेको रु. २०,००० पेश्की फर्छ्यौट। [Office supplies advance of Ram Thapa cleared as per the bill submitted by him Rs. 20,000.
माघ [Magh] 25: यस महिनाको तलब रु. ५५,००० मध्ये कर्मचारी संचय कोष रु. १०,००० कट्टा गरी बाँकी रकम चेकबाट भुक्तानी गरियो। [Out of total salaries of Rs. 55,000 balance is paid by cheque after deducting P.F. Rs. 10,000.
तयार गर्नुहोस् [Required]:  [५]     
बैंक नगदी किताब [Bank Cash Book]

२२. निम्न जानकारी दिइएका छन् [Following informations are given]:
थप जानकारी [Additional Information] :
i) चालु कोष निकासा [Total revolving fund received] Rs. 5,10,000.
ii) सानो नगदी कोष मौज्दात [Petty cash fund balance] Rs. 2,000.
iii) धरौटी रकम प्राप्त [Deposit received] Rs. 10,000.
तयार गर्नुहोस् [Required]:  [६]
बैंक मौज्दात देखिने गरी फाल्गुण महिनाको खर्चको फाँटवारी [Statement of expenditure for the month of Falgun showing balance at bank].

View Exam Paper 2074 [2017] | Grade XI | Principles Of Accounting - I | NEB
DR Gurung
A Learner (अज्ञान जस्तो ठूलो शत्रु अरु केही छैन।) 🙏🙏
Comments
First of all, thank you for taking the time to read my blog. It's much appreciated! If you would like to leave a comment, please do, I'd love to hear what you think!

Suggestions and/or questions are always welcome, either post them in the comment form or send me an email at drgurung82@gmail.com.

However, comments are always reviewed and it may take some time to appear. Always keep in mind "URL without nofollow tag" will consider as a spam.

To add an image:
[image] image_url [/image]

To add a code block:
[code] your_code [/code]

To add a quote:
[quote] your_quote [/quote]

To add a link:
[link] your_link_text | link_url [/link]