If Not Higher | Summary | Translation In Nepali | Word Meanings

Summary, word meanings and translation in nepali of the story if not higher by isaac leib pertez.
DR Gurung

'If Not Higher'
Writer - Issac Leib Pertez, Poland (1852-1915)

Summary Of 'If Not Higher':


Jews have holiday on Friday. On this day recite Penitential Prayers in their gatherings. But Rabbi disappears at that time. They believe that he goes to heaven temporarily at that time. But the Rabbi of Nemirov used to go somewhere. Litvak, wanted to find out where this Rabbi used to go at that time.The Litvaks are concerned with laws and reason, but not holly books. They used reason and say that even Moses, did not go to heaven in their life time but remained hanging two and a half feet below.


Once Thursday night Litvak hid into the Rabbi's room secretly under his bed. He used the night reciting (गुनगुनाउदै मन्त्र उच्चारण गर्नु) the volume of Talmud, the collection of religious debates. In the early morning, the Rabbi disguised himself with the peasant's clothes and went to the forest out of the town. The Litvak, secretly followed him. The Rubbi cut a tree and carried the bundle of fire wood on his back to the town. The Rabbi entered a small hut. There was a sick Jewish woman inside the hut. She did not have money to buy the fire wood. But the disguised Rabbi gave the wood on credit. He lit the fire for the woman and recited the second and third portions of the Penitential Prayers. The Litvak saw all these activities of the Rabbi, got influenced by his deeds and became his disciple (भक्त).

At last the Litvak accepts that though he could not reach the heaven or higher place he reached the real place of god or virtue. He is satisfied with his deeds there. He is not worry about heaven because he got a place higher than the heaven.
Also Read:
Question and answers Of "If Not Higher"
Four Levels of "If Not Higher"

नेपालीमा अनुवाद (Translation Of 'If Not Higher' In Nepali):

हरेक शुक्रबार बिहान सबेरै पापको प्रायश्चित गर्ने प्रार्थनाका बेलामा नेमिरोभका यहुदी धर्मगुरु हराउने गर्थे। उनी कहीँ  देखिदैनथे - प्रार्थना -भवनमा, अध्ययन गर्ने दुई वटै भवनमा, प्रार्थना गर्ने समूहमा उनलाई कहीँ देखिदैनथ्यो। पक्कै पनि उनी घरमा हुँदैनथे। उनको घरको ढोका  हुन्थ्यो, जसलाई मन लाग्यो ऊ भित्र जान र बाहिर  सक्थ्यो, कसैले पनि धर्मगुरुको घरमा चोरी गर्दैनथ्यो। भित्र कुनै जीवित प्राणी थिएनन्।  

ती धर्मगुरु कहाँ हुन सक्थे ? उनी कहाँ हुनु पर्थ्यो ? अवस्य पनि स्वर्गमा। धार्मिक साँझ सुरु हुने नव बर्षको दिन भन्दा अगाडि धर्मगुरुले धेरै काम गर्नु पर्ने हुन्छ। ईश्वरले आशीर्वाद दिऊन्, यहुदीहरुलाई जीवन धान्ने उपाय, शान्ति, स्वस्थ र असल जोडीको खाँचो पर्दछ। उनीहरु पवित्र र असल हुन चाहन्छन् तर हाम्रा पाप साह्रै ठूला छन् र हजार आँखा भएको शैतानले पृथ्वीको एक छेउ देखि अर्को छेउ सम्म सम्पूर्ण पृथ्वीलाई चियाएर हेर्दछ। उसले जे देख्छ त्यसैको विवरण दिन्छ, आलोचना गर्छ र सूचना प्रदान गर्छ। यदि धर्मगुरुले सहयोग नगरे कसले गर्न सक्छ र ! मानिसहरु यसरि सोच्दथे। 

तर एकपटक लिट्भ्याक आयो र हाँस्यो। लिट्भ्याकहरुलाई तपाई चिन्नुहुन्छ ? उनीहरु धर्मग्रन्थको बारेमा कम सोच्दछन् तर धार्मिक अन्य कानुन संग्रह अध्ययन गर्छन्। यो लिट्भ्याक गेमराको एउटा अनुच्छेद औँल्याउँछ। यो तपाईको आँखामा टासिन्छ। हाम्रा गुरु मोसेज पनि  जीवन कालमा स्वर्गमा पुगेनन् तर उनी अढाई फिट तल झुण्डिए भनेर लेखिएको छ। लिट्भ्याक सँग विवाद गरि हेर्नुहोस् त !  ती धर्मगुरु कहाँ होलान् ? 

लिट्भ्याकले काँध उचाल्दै भन्यो "त्यो मेरो काम होइन"। तैपनि सँधै भरि लिट्भ्याक् ले के गर्न सक्छ र ! ऊ पत्ता लगाउने योजना बनाईरहन्छ। साँझको प्रार्थना पछिको त्यही रात लिट्भ्याक् धर्मगुरुको कोठा भित्र छिरी धर्मगुरुको ओच्छ्यान मुनि सुल्किन्छ र पर्खन्छ। धर्मगुरु कता हराउँछन् र प्रार्थनाको बेला के गर्छन भन्ने कुरा पत्ता लगाउन ऊ रातभरी चियो गर्छ।  

अरु कोहि भए निद्रा लागेर सुथ्यो होला तर लिट्भ्याक् ले कहिल्यै त्यसो गर्दैन ऊ यहुदी कानुन र संस्कृतिको सँग्रह सिङ्गै खण्ड घोक्छ।  

मिर्मिरेमा ऊ प्रार्थना गर्न बोलाएको आवाज सुन्छ। धर्मगुरु धेरै अघि नै उठिसकेका हुन्छन्। एक घण्टा सम्म उनले कराएको त्यो लिट्भ्याक् ले सुनेको छ।   

नेमीरोभका यहुदी धर्मगुरुको गुनगुन आवाज जसले सुनेको छ, उसले प्रत्यक गुनगुनाहट सम्पूर्ण इजरायलीहरुका लागि कति दु:ख र पीडा छ, भन्ने थाहा पाउँछ। यो सुनेर मानिसको मुटु फुट्न सक्छ। तर लिट्भ्याक् फलामले बनेको छ।  ऊ जहाँ छ त्यहीँ बसेर सुन्छ। उनको दिर्घायु होस् धर्मगुरु ओच्छ्यानमा बस्छन्, पल्टिन्छन् र त्यो लिट्भ्याक् चाहीँ खाटमुनी।  

त्यसपछि लिट्भ्याक् घर भित्रका खाट हरु चुइकिन थालेको सुन्छ, ऊ मानिसहरु ओच्छ्यान बाट बाहिर निस्किएको केही यहुदी शब्दहरु गुनगुनाएको, हातका नङमा पानी खन्याएको ढोकाहरु ढ्याम्म पारेको सुन्छ। प्रत्यक मानिस बाहिर निस्किएको छ। फेरी शान्ति र अँध्यारो हुन्छ, सटर बाट जूनको अलिकति उज्यालो भित्र छिर्छ।     

पछि लिट्भ्याक् ले के स्वीकार गर्यो भने उसले धर्मगुरु सँग आफुलाई एक्लै पाउँदा धेरै डर लाग्यो। जिउभरि काँडा उम्रे र\कानमा जरी सियोले घोंचे झैं चस्किए। पापको प्रायश्चित गर्न प्रार्थनाका बेला धर्म गुरु सँग एक्लै हुनु कस्तो वाहियात कुरा। तर लिट्भ्याक् जिद्दी छ। त्यसैले ऊ पानी भित्रको माछा जस्तै काम्यो र जहाँ थियो त्यहीँ बस्यो। उनको दिर्घायु होस्, अन्तमा धर्मगुरु उठ्छन्। पहिले एउटा यहुदीलाई जे ठीक हुन्छ त्यहि गर्छन्। त्यसपछि उनी लुगाको दराज तिर जान्छन् र कृषकले लगाउने लुगाको पोको निकाल्छन्।

सुतीको ट्राउजर, अग्ला जुत्ता, कोट, ठूलो ऊनी टोप र पित्तलका काँटी ठोकेको लामो च्याप्टो छालाको पेटी। ती धर्मगुरु लुगा लगाउँछन्। उनको कोटको गोजीबाट एउटा किसानले बोक्ने डोरीको एउटा छेउ झुन्डिन्छ। 
धर्मगुरु कोठा बाट बाहिर निस्कन्छन् र लिट्भ्याक् उनलाई पछ्याउँछ। 

अगाडि जाँदा धर्मगुरु भान्सा घरमा रोकिन्छन्, तल निहुरिन्छ्न्, र खाट मुनिबाट एउटा बन्चरो झिक्छन्, यसलाई आफ्नो पेटीमा घुसार्छ्न् र घरबाट बाहिर निस्कन्छन्। लिट्भ्याक् काम्छ तर पिछा गरिरहन्छ। 
अँध्यारा गल्लीहरुमा नव बर्षका दिनको मौन त्राश नजिकिदै छ। घरिघरि दश जनाको समूहले गरेको पापको प्रायश्चित गर्ने प्रार्थनाको अथवा विरामीको ओछ्यानबाट आएको आवाज सुनिन्छ। सडकका छेउ छाउमा परेको घरको छायाँ हुँदै धर्मगुरु चुपचाप हिंड्छन्। उनी एकपछि अर्को घर हुँदै जान्छन् र लिट्भ्याक उनको पछि लाग्छ। धर्मगुरुका गह्रौँ पाइला सँग सँगै उसको मुटुको धड्कन मिसिएको आवाज सुन्छ। तर ऊ सहरको बाहिरी भागसम्म धर्मगुरुको पिछा गर्दै हिड्छ।

सहरको पछाडि पट्टि एउटा सानो जङ्गल छ। उनको दिर्घायु होस्, ती धर्मगुरु जङ्गल भित्र प्रवेश गर्छन्। उनी तीस-चालिस कदम अगाडि हिंड्छन् र एउटा सानो रुख नजिक रोकिन्छन्। धर्मगुरुले आफ्नो पेटी बाट बन्चरो झिकेको र रुखलाई काटेको लिट्भ्याक् छक्क पर्दै हेर्छ। उसले रुख चुइकिएको र ढलेको सुन्छ। धर्मगुरु रुखलाई मुढा बनाउँछन् र मुढा काटेर दाउरा बनाउँछन्। त्यसपछि उनी दाउराको भारी बनाउँछन् र त्यसलाई गोजीको डोरीले कस्छन्। उनी दाउराको भारी आफ्नो डँढेल्नुमा बोक्छन्, बन्चरो आफ्नो पेटीमा घुसार्छन् र सहरतिर फर्कन्छन्।

उनी सडकको छेउको एउटा थोत्रो छाप्रो नजिकै पुगेर रोकिन्छन् र झ्यालमा ढक्ढक्याउँछन् "त्यो को हो ?" एउटा त्रसित आवाजले सोध्छ।  

लिट्भ्याक् ले त्यो एउटी विरामी यहुदी महिलाको आवाज हो भनेर चिन्दछ।  
"म" धर्मगुरुले किसानको आवाजमा उत्तर दिन्छ। 
"म भन्ने को हो ?"   
फेरी धर्मगुरुले रुसी भाषामा उत्तर दिन्छन्, "भेसिल।"  
"भेसिल भनेको के हो, र तिमीलाई के चाहियो ?"   
"मलाई दाउरा बेच्नु छ, धेरै सस्तो छ।" र महिलाको उत्तर नपर्खी उनी घरभित्र पस्छन्।
त्यो लिट्भ्याक् उनका पछिपछि लुसुक्क पस्छ। सवेरै झिसमिसे उज्यालोमा उसले एउटा फुटेका, दयनीय अवस्थाका सरसामान भएको दरिद्र कोठा देख्छ। झुत्रामा बेरियेकी एकजना विरामी महिला ओछ्यानमा पल्टेकी हुन्छिन्।  

उनी टर्रो स्वरमा गुनासो गर्छिन् "किन्ने ? कसरी किन्ने ? एउटी गरिब विधवाले पैसा कहाँ बाट पाउनु नी ?"
"म तपाईलाई उधारो दिउँला" ती छद्मनाम भेसिल उत्तर दिन्छन्। "६ सेन्ट मात्रै हो।"  
"मैले पछि कसरी तिर्नु नी ?" ती दरिद्र महिलाको पीडाको आवाजमा भनिन्।
"मूर्ख", धर्मगुरु रिसाउँदै भन्छन्। "हेर्नुहोस् तपाई एउटी गरिब विरामी यहुदी महिला हुनुहुन्छ, र म विश्वासका साथ तपाईलाई थोरै दाउरा दिन तयार छु। तपाईले यो तिर्नुहुन्छ भन्ने मलाई विश्वास छ। तपाईको भगवान् यति महान् र शक्तिशाली छन् भने तपाई ६ सेन्टका लागि उनको विश्वास गर्नुहुन्न ?"
"अनि आगो चाहिँ कसले बालिदिन्छ नि ?" विधवाले भनिन् "म सँग उठ्ने शक्ति छ र ? मेरो छोरो काममा गएको छ।"
"आगो म बालिदिउँला", धर्मगुरु उत्तर दिन्छन्। दाउरा चुलोमा हालेर, उनले पिडा मिस्रित आवाजमा पापको प्रायश्चित गर्ने प्रार्थनाको पहिलो भाग पाठ गरे।

उनले दाउरा बाले र आगो दन्कियो र अलि बढी उमंगका साथ पापको प्रायश्चित गर्ने प्रार्थनाको दोस्रो खण्ड पाठ गरे। आगो तयार भएपछि उनले तेस्रो खण्ड पाठ गरे र त्यसपछि चुलोको मुख बन्द गरे।
यो सबै देख्ने लिट्भ्याक् धर्मगुरुको चेलो भयो। त्यसपछि अरु शिष्यले नेमिरोभका यहुदी धर्मगुरु पापको प्रायश्चित गर्ने प्रार्थना बेलामा कसरी स्वर्गमा जान्छन् भन्ने कुरा बताउँदा लिट्भ्याक् हाँस्दैनन्। ऊ चुपचाप थप्छ, "स्वर्गभन्दा माथि नगए पनि। …."

Word Meanings in Nepali of 'If Not Higher'
'If Not Higher' Nepali Word Meanings
Nepali Meanings 'If Not Higher

potential prayer - आफ्नो पापको लागि क्षमा माग्ने प्रार्थना, पाप
rabbi - यहुदीका प्रमुख धर्म गुरु
synagogue - यहुदीहरुको प्रार्थना गृह
minyan - प्रार्थना गर्न आवश्यक दश जनाको समूह
plenty - प्रशस्त
Days Of Awe - यहुदीहरुले क्षमा गर्ने नव बर्षको प्रथम दश दिन
Jews - यहुदी (अहिले इज्राइलमा बस्ने)
bless - आशीर्वाद दिनु
livehood - जीविकोपार्जन
pious - धर्मात्म
sin - पाप
Satan - शैतान
denounce - गाली गर्नु
stuff - भर्नु
Talmud - यहुदीहरुको धार्मिक नियम कानुन
Gemarah - धार्मिक नियमको व्याख्या गर्ने ग्रन्थ
stick - टाँसिनु
Moses - (माउजिज्) यहुदीहरुको गुरु
ascend - चढ्नु
suspended - अड्केको
argue - बहस गर्नु
shrug - शंका वा बेवास्ता देखाउन काँध उचाल्नु
all the while - जहिले पनि
scheme - योजना बनाउनु
steal - लुसुक्क जानु
slide - थाहै नपाई सुटुक्क हिड्नु
drowsy - निद्रालु
recite - कण्ठ पार्नु
tractate - ताल्मुडको एउटा भोल्युम भाग (भाग)
by heart - कन्ठै
dawn - बिहान सवेरै
groan - पीडाको आवाज
sorrow - दु:ख
suffering - पीडा
creak - कट्याक कट्याक खाट चलेको आवाज
mumble - भुतभुताउनु, स्पष्ट नबुझिने गरी भन्नु
pour - खन्याउनु
bang - ढ्याम्म ढोका लाउनु
quiet - शान्त
admit - स्वीकार गर्नु
goose pimples - डर वा जाडोले जीउ भरी उम्रेका काँडा
earlock - कानको रौँ
prick - घोच्नु
needle - सियो
trifle - तुच्छ
stubborn - जीद्दी गर्ने
quiver - काम्नु
befit - योग्य हुनु
closet - सानो कोठा या दराज
peasant - मजदुर
linen - सुती
felt - ऊँनको कपडा
studded - ढाकेको
dangle - झुण्डिनु
ax - axe (बन्चरो)
tremble - काम्नु
hush - मौन
dread - डर
hand over - हुनै लागेको
once in a while - कहिलेकाहीँ
sickbed - बिरामीको ओछ्यान
hug - नजिकै रहेर पिछा गर्नु
keeping to - तोकेको ठाउँमा रहेर
glide - चुपचाप हिंड्नु
heartbeat - मुटुको धड्कन्
mingle - मिसिनु
outskirts - बाहिरी भाग
wood - Jungle
overcome with - पराजित भएर
amazement - आश्चर्य
strike - हिर्काउनु
chop-up - काट्नु
log - मुढा
shove - घुसार्नु
broken-down - भत्केको
shack - छाप्रो
frightened - तर्सेको
knock - ढक ढक हिर्काउनु
recognize - चिन्नु
accent - स्वर
miserable - दयनीय
furnishings - फर्निचर, गलैंचा, आदी
wrapped - बेरिएको
rag - थोत्रो लुगा
widow - विधवा
supposed - काल्पनिक
pay back - तिर्नु
reproachfully - गाली गरेर
trust - विश्वास
mighty - सक्तिमान
kindle - बाल्नु
oven - चुल्हो
portion - भाग
disciple - शिष्य, चेला

::::::::::::::::::::::::
Search Terms:

DR Gurung
A Learner (अज्ञान जस्तो ठूलो शत्रु अरु केही छैन।) 🙏🙏
Comments
First of all, thank you for taking the time to read my blog. It's much appreciated! If you would like to leave a comment, please do, I'd love to hear what you think!

Suggestions and/or questions are always welcome, either post them in the comment form or send me an email at drgurung82@gmail.com.

However, comments are always reviewed and it may take some time to appear. Always keep in mind "URL without nofollow tag" will consider as a spam.

To add an image:
[image] image_url [/image]

To add a code block:
[code] your_code [/code]

To add a quote:
[quote] your_quote [/quote]

To add a link:
[link] your_link_text | link_url [/link]