Compulsory Nepali | Grade XI | Examination Paper 2074 [2017] | National Examinations Board

DR Gurung
NATIONAL EXAMINATIONS BOARD [NEB]
Compulsory Nepali - Grade XI
Examination - 2074 (2017)
Regular Students | Subject Code: 003 ‘A’
Time - 3 hrs
Full Marks - 100
Pass Marks -  35
DOWNLOAD PDF | of Exam Paper | Compulsory Nepali [अनिवार्य नेपाली - नयाँ पाठ्यक्रम] | Grade XI | 2074 [2017] NEB
रजिष्ट्रेसन नम्बरको सुरुका दुई अङ्क ६८ वा सो भन्दा बढी भएका परीक्षार्थीका लागि
विधार्थीहरुले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नेछ। दायाँ किनारमा दिइएको अङ्कले पूर्णाङ्क जनाउँदछ।

१. कुनै एक प्रश्नको उत्तर दिनुहोस्: [५]
(क) तलका वर्णहरुलाई घोषत्व र प्राणत्वका आधारमा चिनाउनु होस्:
      क, छ, ढ, प, ल।
(ख) तल दिइएका शब्दहरुको अक्षर संरचना लेखी अक्षर संख्या समेत देखाउनुहोस्:
      देश, सिमाना, पूर्णाङ्क, मनोविज्ञान, पञ्चगव्य।

२. शुद्द गरी पुनर्लेखन गर्नुहोस्: [५]

प्रेमको पनी महत्व हुन्छ उसका निम्ती पनि फूक्का र वन्धनको लेखाजोखा मापदण्ड, सिमारेखा एवम् विधान हुन्छ अनि शुपात्र र कुपात्र हुन्छ।

३. तलको अनुच्छेदमा रेखाङ्कन गरिएका पदहरुको शब्दवर्ग पहिचान गरी लेख्नुहोस्: [३]
पढ्नु भनेको मानिस सित मानिसले कस्तो व्यवहार गर्नु पर्छ, त्यो जान्नु हो। अब कहिल्यै कुनै मानिसलाई पनि हेला नगर्नू। धनी गरिब जोसुकै होस्। लौ आज तिमीहरु जाओ।

४. तलको अनुच्छेद बाट दुई दुई ओटा तत्सम र तद्भव शब्द खोजी लेख्नुहोस्: [२]
नेपालमा बारै महिना मानिसका गालामा आरुका फुल फुल्दछन्। यहाँ हृदयको स्पन्दन झैं उफ्री उफ्री मृग शावकका हुल खेल्दछन्। यहाँ रातमा पनि हिमालयले आँगनमा घाम पल्दछ।

५. कुनै दुई प्रश्नको उत्तर दिनुहोस्: [२x३=६]
(क) तलको अनुच्छेद बाट तिन वटा उपसर्ग व्युत्पन्न र तिन वटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी लेख्नुहोस्:
असल र प्रशंसनीय व्यक्तिको अकाल अवसानले सम्पूर्ण समाज नै दु:खित हुन्छ। आफूले अगुवा ठानेको बेदाग मानिस सितको वियोगमा नायक देखि गायक सम्मका कलाकारहरु, प्रख्यातिको चुलीमा पुगेका लेखकदेखि अन्वेषक सम्मका बौद्दिकहरु र नेतादेखि कार्यकर्ता सम्मका राजनीतिकर्मीहरु भाव विह्वल हुँदा रहेछन्।
(ख) तलका अनुच्छेद बाट तिन समस्त शब्द तिन द्दित्व व्युत्पन्न शब्द खोजी समस्त शब्दलाई विग्रह गर्नुहोस् र द्दित्व व्युत्पन्न शब्दको निर्माण प्रक्रिया देखाउनुहोस्:
हिजो आज पाँच तारे होटलमा बसेर निमुखाहरुको उत्थानका नाममा आल्तु फाल्तु गफ चुटेर अर्थोपार्जन गर्ने र करोडपति बन्न सपना देख्नेहरुको सङ्ख्या दिन दुईगुना, रात चौगुना बढ्दै छ। व्यक्तिगत स्वार्थमा आधारित झै-झगडाहरु बाट माथि उठेर सबैले अविश्वासका जालहरुलाई चटाचाट काट्नु पर्दछ। देशभक्त र समाजप्रेमी क्रियाकलाप गरेर कृषि, जलविधुत् र पर्यटनका माध्यम बाट फटाफट विकासका ढोकाहरु घर्याक घुरुक खोल्न सकिने छ। यसका लागि यहाँ गोबर गणेशहरुको होइन, चारकोसको नाङलाकाने देखि नीलगिरिका चौपाया सम्मका बारेमा सोच्न सक्ने बहुमुखी नेतृत्वको खाँचो छ।
(ग) तलको अनुच्छेद बाट वटा सन्धियुक्त व्युत्पन्न शब्द खोजी तिनको सन्धी विच्छेद गर्नुहोस्:
प्रत्येक दिन बिहान सूर्योदय नहुँदै तात्तातो चिया पिई वागीश्वरी व्रिद्दाश्रममा पुगेर अनिवार्य रुपमा रामायण सुनाउनु पर्ने दायित्व बोकेकी मनोरमा आज भोली अत्यन्त व्यस्त छिन्। कामचोरहरुले जस्तो अर्काको घर घर चहार्दै गफसफ चुटी मनोरन्जन गर्ने समय उनीसँग छैन। आफ्नै ठुल्दाई र ठुल्यामालाई समेत भेट्न नपाएकी उनको सेवामय आनीबानी, समर्पण र निष्ठा प्रशंसनीय एवम् स्तुत्य छ।

६. कुनै एक प्रश्नको उत्तर दिनुहोस्: [५]
(क) तलका अनुच्छेदका वाक्यहरुलाई पुलिङ्ग भए स्त्रीलिङ्ग र स्त्रीलिङ्ग भए पुलिङ्ग मा परिवर्तन गरी वाक्य ढाँचा समेत मिलाएर पुनर्लेखन गर्नुहोस्:
ऊ काठमाण्डौ बाट पोखरा गइछ। उसले बाटामा थुप्रै मान्छेहरु देखिछ। उसले आफूसँगै बसेको एक जना पुरुषलाई साथी बनाइछ। पुरुषले लैङ्गिक अधिकारका विषयमा कुरा गरेछ। महिलाले पुरुष साथीको तर्कमा सहमति जनाइछ।
(ख) तलको अनुच्छेदको वाक्यहरुलाई वाक्यढाँचा समेत मिलाई तृतीय पुरुषबाट प्रथम पुरुषमा परिवर्तन गर्नुहोस:
ऊ नेपाली हो। ऊ सगरमाथा पुगेको छैन। ऊ कहिले त्यहाँ पुगूँ भन्ने विचारमा छ। उसले अहिलेसम्म त्यहाँ जाने अवसर पाएको छैन। ऊ सगरमाथा पुगेर गौरवान्वित हुने छ।

७. कुनै एक प्रश्नको उत्तर दिनुहोस्: [६]
(क) ले, लाई, बाट, द्वारा, देखि र मा विभक्ति लागेका र भिन्न भिन्न कारकको प्रयोग भएका वटा वाक्यमा आफ्ना भाईको वर्णन गर्नुहोस्।
(ख) तलको अनुच्छेदमा वाक्यहरुलाई सङ्गति मिलाई पुनर्लेखन गर्नुहोस्:
मेरो बहिनी कक्षा एघारमा पढ्छे। ऊ कक्षामा सधैँ प्रथम हुन्छ। भाइ भने खेलमा मात्र रुचि राख्छे। उनीहरु दुवै अत्यन्त मिल्छ। बुबा भाइ बहिनीलाई धेरै माया गर्छ। हामी कहिलेकाहीँ सबै परिवार मिलेर घुम्न जान्छस्।

८. कुनै दुई प्रश्नको उत्तर दिनुहोस्: [२x४=८]
(क) तलको अनुच्छेदका आठ वटा सरल वाक्यलाई चार वटा जटिल वाक्यमा परिवर्तन गर्नुहोस्:
म घुम्नका लागि जुम्ला गएँ। मैले चन्दननाथ मन्दिर हेरेँ। म मुगुको राराताल पुगेँ। म त्यहाँ को प्राकृतिक सुन्दरताबाट मोहित भएँ। तपाई कर्णाली राजमार्ग जोडिएको दैलेखमा पानीमा आगो बलेको देख्नु हुनेछ। तपाई त्यहाँ नेपाली भाषाको पहिलो शिलालेख पढ्न पाउनु हुनेछ। 
(ख) तलका अनुच्छेदका वाक्यहरुलाई करण भए अकरण र अकरण भए करणमा परिवर्तन गर्नु होस्:
महेश स्वदेशमा छ। ऊ विदेश गएको छैन। उसले धेरै पढेको छ। उसलाई चिन्ता छैन। ऊ इलमी छ। उसलाई अरुले हेप्न सकेका छैनन्। उससँग परिवारका सदस्यहरु सन्तुष्ट छन्। उनीहरुले महेशलाई हेर्नु परेको छैन।
(ग) तलका सरल वाक्यहरुलाई एउटै वाक्यमा संश्लेषण गर्नुहोस्:
राम बहादुर आए। राम बहादुरले लतमायालाई भेटे। राम बहादुरले सुब्बाको संदेश सुनाए। राम बहादुर सरासर हिँडे।

Also Check:
Download | All Question Papers | Faculty Of Management | Grade XI | 2074 [2017] | NEB
९. तलको अनुच्छेद पढी सोधिएका प्रश्नहरुको छोटो छरितो उत्तर दिनु होस्: [१०]
खाधान्नको उत्पादनका निम्ति खनजोत गरिने, बालीनाली लगाइने, मलजल हालिने, गोडमेल गरिने, बालीनाली भित्र्याइने आदि सबै कामको सामूहिक नाम कृषि हो। कृषि कार्यका निम्ति खेत र बारी चाहिन्छन्, सिँचाइको आवस्यकता पर्दछ र औजारहरु पनि चाहिन्छन्। खेती गरिने र खास गरी धान रोपिने जमिनलाई खेत भानिन्छ। यो गरा गरा पारी बनाइएको हुन्छ। नहर र कुलाको पानी लाग्ने गरी खेत र पानी नलाग्ने अनि आकाशबाट पानी परेको मौका छोपी खेती गरिने तारी खेत दुई प्रकारका हुन्छन्। नहर, कुलो नलाग्ने र धान नफल्ने आबाद जग्गालाई बारी भनिन्छ। यसका पनि दुई प्रकार हुन्छन्। पहाडका फेद वा भित्तामा हुने भिरालो परेको तथा पानी नलाग्ने र नअडिने पाखो बारी वा भिर बारी पहिलो हो। रुख, बोट विरुवा आदि फाँडेर बाली लगाउनका निम्ति खनखान गरिएको पहाडी पाखाको खोरीया बारी दोस्रो हो। उर्वरा शक्तिका आधारमा खेत वा कृषि भूमि चार प्रकारको हुन्छ - अब्बल, दोयम, सिम र चहार। कुलो वा नहर बाट सिँचाई सुविधा पुगेको, वर्षमा दुई वा सो भन्दा बढी बाली लाग्ने र मलिलो माटो भएको असल, उम्दा एवम् उब्जाउ भूमि नै अब्बल खेत हो। यस्तो खेत तराई र भित्री मधेशमा हुन्छ। दोस्रो दर्जाको वा अब्बल भन्दा कम उब्जाउ र सिम भन्दा बढी उब्जाउ हुने खेत वा जमिनलाई दोयम भनिन्छ। यस्तो जग्गा तराईको माथिल्लो भाग, भित्री मधेस, पहाडको केही ठाउँ र उपत्यकामा भेटिन्छ। खाधान्नको उब्जनी राम्ररी नहुने तेस्रो दर्जाको खेतलाई सिम भनिन्छ। यस्तो खेत पहाडी भागमा हुन्छ। कुलो नलाग्ने र खेतीका निम्ति बर्सातमा भर पर्नु पर्ने अनि सुख्खा माटो भएको र सबभन्दा कमसल खेत चहार हो। नेपालका उच्च पहाडी भेग र तल्लो हिमाली भेगमा यस्ता खेत रहेको पाइन्छ। नेपालमा परम्परागत सिँचाइका साथै आधुनिक सिँचाईका प्रक्रिया समेत प्रचलनमा छन्। नेपालीहरुले खेतीपाती गर्दा हलो, जुवा, कोदालो, दल्लेंठो, हजारी, लिँडुल्को, दाँदे, चाँदे, कुटो, हँसिया, कचिया, खुर्पा आदिलाई कृषि औजारका रुपमा प्रयोग गर्दछन्। 
प्रश्नहरु:
(क) कृषि भनेको के हो?
(ख) उर्वरा शक्तिका आधारमा कृषिभूमिलाई कति प्रकारमा बाँडिएको छ र तिनका नाम के हुन्?
(ग) कस्तो जमिनलाई अब्बल भनिन्छ?
(घ ) नेपालमा के कस्ता कृषि औजारहरु प्रचलनमा रहेका छन्?
(ङ) 'उर्वरा शक्ति' र 'चहार' शब्दको अर्थ लेख्नुहोस्।

१०. तल दिईएको अनुच्छेदबाट मुख्य मुख्य कुरा नछुटाई पाँच वटा बुँदा टिप्नुहोस्: [५]
रिस कसैमाथि जाइ लाग्ने वा कसैलाई हानि नोक्सानी गर्ने मानसिक प्रतिक्रिया हो। रिसाएको व्यक्ति खतरनाक वा डरलाग्दो हुन्छ। रिस उठ्नाको मूल कारण निराशा हो। व्यक्ति आफ्नो चाहना पूर्ति गर्ने वा आफ्नो लक्ष्य प्राप्ति गर्ने कोसिसमा हुन्छ। लक्ष्यप्राप्तिमा कुनै बाधा उत्पन्न भएमा उसको चाहना पूर्ति हुन् सक्तैन र निराशा आउँछ। निराशाले बाधकप्रति वा आफैप्रति रिस उत्पन्न गर्छ। अत: निराशा भई रिसाएको व्यक्ति सर्वप्रथम बाधा हटाउन बाधकमाथि जाइ लाग्छ। यसरी जाइ लाग्दा पनि बाधा हट्न सकेन भने झन् अरु निराशा थपिन्छ र आफ्नै अयोग्यता वा असमर्थताप्रति आक्रोश उत्पन्न हुन्छ। यस्तो अवस्थामा व्यक्ति दु:खी र शोकातुर बन्छ। ऊ आफूले आफैलाई धिक्कार्दछ। आत्महत्या वा अन्य आफैलाई कष्ट दिने कार्य यस्तै व्यक्तिबाट भएको देखिन्छ। ईर्ष्या पनि रिस जस्तै अरुलाई हानी नोक्सानी गर्ने संवेग हो। र्ष्या कुनै व्यक्ति वा समूह विशेषप्रति गरिन्छ। र्ष्या दुई कारणले उत्पन्न हुन्छ। आफूले पाउनु पर्ने वा पाइ आएको सुविधा र हक कुनै अन्य व्यक्तिले पाउँदा आफू वँञ्चित भएको महसुस गरेर पनि र्ष्या उत्पन्न हुन्छ। आफूले चाहेको कुरो अर्कैले पाउँदा पनि र्ष्या हुन्छ। र्ष्याको साधारण प्रतिक्रिया र्ष्या गरिएको व्यक्तिको कुभलो वा हानि नोक्सानी गर्न खोज्ने पनि हुन्छ। यसलाई आफ्नो विकासको काममा समेत लगाउन सकिन्छ। रिस खतरनाक र विनाशकारी हुने हुनाले यसको रचनात्मक उपयोग गर्न सकिंदैन तर र्ष्याको रचनात्मक उपयोग गर्न सकिन्छ।

११. कुनै एक प्रश्नको उत्तर दिनुहोस्: [५]
(क) आफ्नो नव निर्मित घरमा टेलिफोन जडान गरि दिन अनुरोध गर्दै नेपाल टेलिकमको स्थानीय कार्यालयलाई सम्बोधन गरी लेखिने निवेदनको नमुना तयार पर्नु होस्।
(ख) औसधीय गुणयुक्त हिमाली वनस्पतिहरुको प्रयोग गरी उत्पादन गरिएको 'जडिबुटी चिया' को प्रचार प्रसारका लागि उत्पदाक कम्पनीका तर्फबाट गरिने आकर्षक विज्ञापनको नमुना तयार पार्नुहोस्।

१२. आफू अध्यनरत विधालयको आयोजनामा सम्पन्न टोल सरसफाइ कार्यक्रमका सबै कुरा समेटी १५० शब्द सम्मको प्रतिवेदन लेख्नुहोस्। (मानौ: तपाइको नाम सुमन हो र तपाई अध्यनरत विधालयको नाम गुरुकुल माध्यमिक विधालय हो।) [५]      
                          अथवा
'बढ्दो सवारी दुर्घटना' शीर्षकमा १५० शब्दसम्मको टिप्पणी लेख्नुहोस्।

१३. तल दिइएका मध्ये कुनै एक शीर्षकमा २५० शब्दसम्मको निबन्ध लेख्नुहोस्: [१०]
(क) मेरो देश: मेरो गौरव
(ख) नेपालको जलसम्पदा
(ग) खेलकुदको महत्व

१४. 'नालापानी' नाटकबाट प्रस्तुत गरिएको तलको अंश पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस्: [२x५=१०]
छोरा, नरो, अझ धैर्य गर, अरुलाई काँतर स्वर नसुना,
जन्मभूमिको लाज बचा, जातिलाई छि: नभना !
मर्ने पर्दछ एक दिन निश्चय दुई दिनकै हो देह भने
त्यसको ममता छोडि दे अमर यशले देश बना !
दु:खलाई नमान्, अपमान गरी आँसुलाई फिर्ता गरिदे,
तेरो सहनशीलता देखी बल अझ बढ्ला भाइमा लाख गुना !
मेरो काखमा जति जति तैंले तप तप रगत चुहाइस् यो,
उति उति मातृऋण तिरें भनी पुत्र बरु सन्तोष मना !
प्रश्नहरु:
(क) माथिको नाट्यांशमा धरतीले नेपाली वीरहरुलाई के कस्तो आह्वान गरेको छ?
(ख) माथिको नाट्यांशका आधारमा 'नालापानीमा' नाटकमा अभिव्यक्त देशभक्तिको वर्णन गर्नुहोस्।

१५. कुनै दुई प्रश्नको उत्तर दिनुहोस्: [२x५=१०]
(क) तलको कवितांश पढी सोधिएका प्रश्नहरुको एक, दुई वाक्यमा उत्तर लेख्नुहोस्:
तिमी मेरो उत्पीडन बुझ्दैनौ
म तिम्रो उत्पीडन बुझ्छु
आऊ आज हामी उत्पीडनहरु साटासाट गरौँ
हामी मानसिकताले एकाकार होऔँ
हामी एक अर्काविना बाँच्न सक्ने प्राणी होइनौँ 
म तिम्रो हात दह्रो गरी समाऊँछु
तिमी मलाई तिमी पुगेको ठाउँसम्मै पुर्याउ
त्यहाँ, जहाँ तिमीलाई मैले
सभ्यताको आदि कालमा पुर्याई सकेकी थिएँ।
प्रश्नहरु:
(अ) यस कवितांशमा 'तिमी' र 'म' ले कस कसलाई सङ्केत गरेका छन्?
(आ) 'तिमी मेरो उत्पीडन बुझ्दैनौ' भनी कसलाई भनिएको हो?  
(इ) उत्पीडनहरु किन साटासाट गरिनु पर्दछ?
(ई) नारी र पुरुषबिचको सहयात्रा किन आवश्यक छ?
(उ) "तिमीलाई मैले शभ्यताको आदिकालमा पुर्याई सकेकी थिएँ" यस भनाईले कुन कुरालाई सङ्केत गर्न खोजेको छ?
(ख) तलको कथांश पढी सोधिएका प्रश्नहरुको एक, दुई वाक्यमा उत्तर लेख्नुहोस्:
आपद् विपद् जहाँ पनि छ। हो, हुरीले बिगार्यो तर अब सबै ठिक बनाइ हाल्छौं। कुनै नसकिने काम होइन त्यति गर्न। आफ्नो घर छ, गोठ छ। गोठमा गाईहरु छन्। बारी छ। बारीमा तिस चालिस झ्याङ्ग बाँसहरु छन्, गगुन र नेभारका रुखहरु छन्, काँक्राको लहरा आकाशतिर जाँदै छ ... हुरीले कति पो बिगार्न सक्छ र? इ: अब गएर बनाइ हाल्नु पर्छ।
प्रश्नहरु:
(अ) यो भनाइ कसको हो?
(आ) यो भनाइ कुन सन्दर्भमा आएको हो?
(इ) 'आपत् विपत् जहाँ पनि छ' भन्नको तात्पर्य के हो?
(ई) यस कथांशले कस्तो जीवन दृष्टि प्रस्तुत गरेको छ?
(उ) यस कथांशमा कस्तो परिवेशको चित्रण गरिएको छ?
(ग) तलको निबन्धांश पढी सोधिएका प्रश्नहरुको एक, दुई वाक्यमा उत्तर दिनुहोस्:
एक केजी मासु उत्पादन गर्न दश केजी शाकाहारी भोजन खपत हुन्छ अर्थात् एक धनी मांसाहारीले दश गरिब शाकाहारीको खाना हसुर्छ। धनी र सम्पन्न वर्गकै इन्धन, उर्जा र आहारमा गरिबहरुले पिल्सिनु पर्ने र भोकमरी बेहोर्नु पर्ने स्थिति खडा भएको छ। यसको दोष भूमण्डलीय उष्णता (ग्लोबल वार्मिङ्ग) मा थोपर्ने प्रवृति छ। जे होस्, भोलिको संघर्ष भोकमा आधारित हुने कुरालाई यतीकै नकार्न मिल्दैन। क्यामरुन, सेनेगल, मौरिटानिया, हाइटी र इन्डोनेसियामा भोक बाट क्रान्तिले जन्म लिन थालेको तथ्य समाचारमा सुनि सकेका छौं। 
प्रश्नहरु: 
(अ) मांसाहारका कारणबाट पर्ने खाध असर के हो ?
(आ) गरिबहरु के कारणले भोकमरी बेहोर्नु पर्ने अवस्थामा पुग्दछन् ?
(इ) भोलिको संघर्ष भोकमा आधारित हुने छ भन्नाको कारण के हो ?
(ई) यस निबन्धांशको मुख्य आशय के हो ?
(उ) भूमण्डलीय उष्णता (ग्लोबल वार्मिङ्ग) भन्नाले के बुझिन्छ ?

१६. 'एक चिहान' उपन्यासका काजक्रिया र बिहेबारी गर्ने सम्बन्धमा के कस्तो परिवर्तनको चाहना राखिएको छ ? तपाई त्यसप्रति सहमत या असहमत के हुनु हुन्छ ? तर्क दिएर लेख्नुहोस्।  [५]
View Exam Paper 2074 [2017] | Grade XI | Compulsory Nepali अनिवार्य नेपाली - नयाँ पाठ्यक्रम | NEB
DR Gurung
A Learner (अज्ञान जस्तो ठूलो शत्रु अरु केही छैन।) 🙏🙏
Comments
First of all, thank you for taking the time to read my blog. It's much appreciated! If you would like to leave a comment, please do, I'd love to hear what you think!

Suggestions and/or questions are always welcome, either post them in the comment form or send me an email at drgurung82@gmail.com.

However, comments are always reviewed and it may take some time to appear. Always keep in mind "URL without nofollow tag" will consider as a spam.

To add an image:
[image] image_url [/image]

To add a code block:
[code] your_code [/code]

To add a quote:
[quote] your_quote [/quote]

To add a link:
[link] your_link_text | link_url [/link]