SEE Solved Question Paper Of Health, Population & Education (HPE) | 2074 [2018] | RE-133-CC

solved question paper of health population and education hpe see 2074-2018 re-133-cc.
DR Gurung
SEE-Solved-Question-Paper-Of-Health-Population-Education-HPE-2074-2018-RE-133-CC
SEE - 2074 (2018)
COMPULSORY HEALTH, POPULATION & EDUCATION (HPE)
Code - RE-133'CC'
(New Course)
Time: 2 hrs 15 minutes
Full Marks: 75
DOWNLOAD PDF | SEE Compulsory Health, Population & Education (HPE) | RE-133'CC' | Question Paper | 2074/2018
Also Check:
Check and Download | All Question Papers Of SEE | 2074/2018

दिइएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस्।

समूह 'क' (Group 'A')

तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस्।

Write very short answers to the following questions. [11x1=11]

१. वातावरण शिक्षा भनेको के हो? (What is environment education?)
Answer: आफू वरिपरिका सजीव तथा निर्जीव वस्तुको अध्ययन गरी तिनीहरुको उचित संरक्षण र संबर्धन गर्ने प्रक्रियालाई वातावरण शिक्षा भनिन्छ।

२. यदि कुनै निश्चित ठाउँको जनसङ्ख्या २८ वर्षमा दोब्बर हुन्छ भने उक्त ठाउँको वार्षिक जनसङ्ख्या वृद्दिदर पत्ता लगाउनुहोस्। (If population doubling time of a certain place is 28 years, find the population growth rate of that place.)

Answer: २.५ % 

३. तपाईको समुदायमा सञ्चालित कुनै एक विकास क्रियाकलाप लेख्नुहोस्। (Write a development activity which is running in your community.)

Answer: खाने पानीको व्यबस्थापन। 

४. हिमाली भेगमा अवस्थित कुनै एक धार्मिक स्थलको नाम उल्लेख गर्नुहोस्। (Mention any one religious site of himalayan region of Nepal.)

Answer: मुक्तिनाथ। 

५. उपयुक्त उमेरमा विवाह गर्नाले कसरी गुणस्तरीय जीवन निर्माणमा सहयोग पुर्याउछ? कुनै एक बुँदामा लेख्नुहोस्। (How does marriage at proper age help to make quality of life? Write any one point?)

Answer: उपयुक्त उमेरमा विवाह गर्नाले शिक्षा आर्जन गर्ने मौका, शारीरिक परिपक्वता, मानसिक रुपमा परिपक्व हुनाले परिवार व्यवस्थापनमा सहज हुनाले जस्ता कुनै एक बुँदामा लेख्नुहोस्। 

६. जटामसीको कुन भाग औसधी बनाउन प्रयोग गरिन्छ? (Which part of Spike Nard is used for medicine?)

Answer: जटामसीको जरा औषधी बनाउन प्रयोग गरिन्छ। 

७. कुनै दुई नसर्ने रोगको नाम लेख्नुहोस्। (Write any two non-communicable diseases.)

Answer: क) मधुमेह, ख) उच्चरक्तचाप। 

८. गर्भवती महिलाको हेरचाह गर्ने एक भरपर्दो उपाय उल्लेख गर्नुहोस्। (Mention any one reliable measure to take care of pregnant woman.)

Answer: सन्तुलित भोजन/नियमित स्वास्थ्य जाँच/सर-सफाईमा विशेष ध्यान। 

९. दुर्व्यसनीका कुनै दुई तत्कालीन असरहरु लेख्नुहोस्। (Mention any two immediate effects of drug abuse.)

Answer: क) पारिवारिक बेमेल/झै-झगडा, ख) उर्जाशिल समयको बर्बादी। 

१०. लु लाग्नुको एक लक्षण लेख्नुहोस्। (Write a symptom of heat stroke.)

Answer: टाउको दुख्छ/रिङ्गटा लाग्छ/बान्ता आउने/नाडी छिटो छिटो चल्ने/विरामी अचेत हुने। 

११. उच्च स्थानमा मात्र किन लेक लाग्ने गर्छ? (Why is high altitude sickness caused only at higher places?

Answer: उच्च स्थानमा हावा (अक्सिजन) को चाप कम हुने भएकोले लेक लाग्ने गर्छ।

समूह 'ख' (Group 'B')

तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस्।

Write short answer of the following questions. [9x4=36]

१२. स्वास्थ्य, जनसङ्ख्या र वातावरणको जैविक पक्षबारे छोटकरीमा वर्णन गर्नुहोस्। (Explain in brief of biological aspect of health, population and environment.) [2+2=4]

Answer: स्वास्थ्य, जनसङ्ख्या र वातावरणको जैविक पक्ष सम्बन्धी भौगोलिक भिन्नता अनुरुप त्यहाँका बोटविरुवा, कृषि उत्पादन, जन्तु जनावरहरुको बारेमा वर्णन गरेमा।

१३. डिपो प्रोभेरा सुईले कसरी गर्भ निरोध गर्न मद्दत गर्दछ? (How does Depo-Provera Injection help to prevent pregnancy? [4]

Answer: डिपो प्रोभेरा सुई महिलाले प्रयोग गर्ने अस्थाई साधन हो। यसलाई ३ महिने सुई पनि भनिन्छ। यो रजश्वला शुरु भएको ७ दिनभित्र लगाउनु पर्छ। यसले अण्डाशयमा अण्डा बन्न दिँदैन साथै पाठेघरमा म्यूकस बढाएर वीर्यलाई पाठेघरमा जान रोक्छ। [आफ्नै शैलीमा मिलाएर लेख्नुहोला।]

अथवा (Or),
वि. सं. २०६८ सालमा कुनै ठाउँको मध्यवर्षको जनसङ्ख्या ४०, ००० थियो। उक्त सालमा त्यस ठाउँमा १५०० व्यक्तिहरू बसाइँ सरी आए भने ३०० बसाइँ सरी गए। त्यस ठाउँको त्यो वर्षको खुद बसाइँ सराई दर निकाल्नुहोस्। (The mid-year population of any place 40, 000 in 2068 B.S. At the same time 1500 people in-migrated and 300 out-migrated. Find out the net migration rate of that place at that year.)
Answer:
यहाँ,
बसाई सरेर आउने आप्रवासीको सङ्ख्या = १५००
बसाई सरेर जाने प्रवासीको सङ्ख्या = ३००
मध्यवर्षको जनसङ्ख्या = ४०, ०००
अब, खुद बसाईसराई डर = आप्रवासीको सङ्ख्या-प्रवासीको सङ्ख्या/मध्यवर्षको जनसङ्ख्या x १०००
= १५००-३००/४०,००० x १०००
= ३० प्रतिहजार
∴ उक्त ठाउँको त्यो वर्षको खुद बसाईसराई दर ३०/१००० रहेछ।

१४. दिगो विकास भनेको के हो? दिगो विकासका कुनै एक सिद्दान्तको संक्षेपमा व्याख्या गर्नुहोस्। (What is sustainable development? Explain one principle of sustainable development.) [4]

Answer: हालको आवस्यकता परिपूर्ति गर्नका लागि विध्धमान प्राकृतिक स्रोत र साधनको समुचित उपयोग गर्दै भावी पूस्ताले प्रयोग गर्न सक्ने अवस्थाको सिर्जना गर्नु नै दिगो विकास हो।
कुनै एकको संक्षेपमा उत्तर लेखेमा - मानव स्रोत विकास/जनसहभागिता परिचालन/सांस्कृतिक सम्पदाको संरक्षण। [आफ्नै शैलीमा मिलाएर लेख्नुहोला।]

१५. हिमाली प्रदेशको पारिस्थितिक पद्दतिमा परेका असरहरुलाई तपाई कसरी न्यूनीकरण गर्नुहुन्छ? सुझाव दिनुहोस्। (How do you minimize the effects on ecosystem of mountain region? Give suggestions.) [4]

Answer: हिमाली प्रदेशको पारिस्थितिक पद्दतिमा परेका असरहरुलाई न्यूनीकरण गर्नका लागि मुख्यतय सापेक्ष संरक्षण गर्ने, पारिस्थितिक पद्दतिलाई कम नोक्सान गरी गतिविधि गर्ने, इन्धनको विकल्पमा अन्य स्रोतमा प्रोत्साहन गर्ने, अवैध चोरी शिकारी रोकथाम, खेतीमा प्राङ्गारिक मल प्रयोग गर्ने, चरन क्षेत्रको विकास गर्नु पर्दछ। [आफ्नै शैलीमा मिलाएर लेख्नुहोला।]

१६. 'गुणस्तरीय जीवनको लागि सानो परिवार' विषयमा छोटो टिप्पणी तयार पार्नुहोस्। (Prepare a short note on "Small family for Quality Life". [4]

Answer: सानो परिवार भएमा आधारभूत र अतिरिक्त आवश्यकता सहजै प्राप्त हुन्छ। परिवारको चाहना र आवश्यकता पूरा भएमा सुखी जीवन यापन गर्न मद्दत पुग्दछ। साधन र स्रोतको सहजै आपूर्ति अनि आउने सन्ततिको पनि गुणस्तरीय जीवन जीउन आधार तयार हुन्छ। [आफ्नै शैलीमा मिलाएर लेख्नुहोला।]

१७. जैविक विविधताले देशको आर्थिक विकासमा खेल्ने भूमिकाको छोटकरीमा चर्चा गर्नुहोस्। ( Briefly explain the roles that a country's biodiversity plays in its economic development. [4]

Answer: जैविक विविधताले देशको आर्थिक विकासमा खेल्ने भूमिका बुँदागत रुपमा तल दिइएका छन्:
क) प्राकृतिक सौन्दर्यताको वृद्दी गरी पर्यटकहरुको आगमन हुन्छ।
ख) विभिन्न किसिमका जडिबुटीहरुको उत्पादन र विक्री वितरण गर्न सकिन्छ।
ग) आवश्यक खाध पदार्थहरुको उपलब्धताका साथै आय आर्जन समेत गर्न सकिन्छ।
घ) उधोघरुलाई चाहिने कच्चा पदार्थहरुको उपलब्धता हुन्छ।
ङ) रोजगारका अवसरहरु सिर्जना हुन्छन्।
च) छालाका, काठका सामग्री, कृषिजन्य उत्पादन आदिले आर्थिक स्तर उकास्नमा सहयोग पुर्याउँछ।
[आफ्नै शैलीमा मिलाएर लेख्नुहोला।]

अथवा (Or),
'पशुजन्य उत्पादनले मानवीय जीवनलाई सहज बनाउन मद्दत गरेको छ' यस भनाईलाई पुष्टि गर्नुहोस्। ('Animal products have helped to make human life convenient'. Justify this statement. [4]

Answer: 'पशुजन्य उत्पादनले मानवीय जीवनलाई सहज बनाउन मद्दत गरेको छ'। यस भनाईलाई बुँदागत रुपमा पुष्टी गरिएको छ:
क) मानिसका लागि चाहिने विभिन्न उपभोग्य सामग्री (माछा, मासु, छालाको सामान) को उपलब्धता।
ख) औषधी बनाउँनका लागि उपयोगी।
ग) मानवीय कार्यलाई सरल सहज बनाईदिने (जोत्न, भारी बोक्न, गाडा चलाउन, सवारीका लागि प्रयोग गर्न सकिने, इत्यादि।
[आफ्नै शैलीमा मिलाएर लेख्नुहोला।]

१८. हृदयघात र मस्तिष्कघातबाट बच्ने कुनै चारवटा उपायहरु प्रस्तुत गर्नुहोस्। (Write any four preventive measures of heart attack and brain stroke.) [4]

Answer: हृदयघात र मस्तिष्कघातबाट बच्ने चारवटा उपायहरु:
क) धुम्रपान र मध्यपानको सेवन नगर्नु वा त्याग्नु।
ख) मानसिक तनाव मुक्त रहनु।
ग) शारीरिक व्यायाम गर्नु।
घ) समय समयमा स्वास्थ्य परीक्षण गर्नु।
[आफ्नै शैलीमा मिलाएर लेख्नुहोला।] 

१९. नवजात शिशुलाई स्वाथ्य हेरचाह गर्दा ध्यान दिनुपर्ने कुराहरु के-के हुन्? कुनै चारवटा कुराहरु लेख्नुहोस्। (What things are to be considered for infant health care? Write any four points.) [4]

Answer: नवजात शिशुलाई स्वाथ्य हेरचाह गर्दा ध्यान दिनुपर्ने कुराहरु:
क) बच्चा जन्मिसकेपछि नरम कपडाले बेरेर न्यानो सँग राख्ने।
ख) निसंक्रमित औजारले नाभी काट्ने।
ग) आमाको विगौती दुध चुसाउने।
घ) खोप लगाउने।
[आफ्नै शैलीमा मिलाएर लेख्नुहोला।]

२०. नेपाल परिवार नियोजन संघका कार्यहरु लेख्नुहोस्। (Write the functions of Family Planning Association, Nepal FPAN) [4]

Answer: नेपाल परिवार नियोजन संघका कार्यहरु:
क) प्रत्येक दम्पतीलाई सन्तानको सङ्ख्या निर्धारण गर्न सल्लाह परामर्श प्रदान गर्ने।
ख) मातृशिशु स्वास्थ्य संरक्षण र संवर्धनमा सहयोग गर्ने।
ग) सन्तान नभएकालाई सन्तानोत्पादनका लागि आवश्यक परामर्श र सेवा दिने।
घ) घुम्ती टोली पठाई परिवार नियोजन शिविर चलाउने।
ङ) परिवार नियोजन कार्यक्रम सफल पार्न जनसहभागिता जुटाउने।
[आफ्नै शैलीमा मिलाएर लेख्नुहोला।]

अथवा (Or),
खोपका माध्यमबाट नियन्त्रण गर्न सकिने रोगहरुको रोकथामका लागि विस्तारित खोप कार्यक्रमले निभाएको भूमिकाबारे चर्चा गर्नुहोस्। (Explain the role played by expanded programme of immunization to control the diseases that can be controlled through vaccination.) [4]

Answer: खोपका माध्यमबाट नियन्त्रण गर्न सकिने रोगहरुको रोकथामका लागि विस्तारित खोप कार्यक्रमले निभाएको भूमिकाहरु यस प्रकार छन्:
क) जनसाधारणलाई सुई खोप लिन प्रोत्साहित गर्ने।
ख) समुदायका मुख्य ६ ओटा रोग विरुद्दको सुई/ खोप कार्यक्रमका लागि विभिन्न माध्यमबाट चेतना फैलाउनु।
ग) तालिम प्राप्त स्वास्थ्यकर्मीहरुको टोली मार्फत् ग्रामिण क्षेत्रमा सुई/खोप प्रदान गर्नु।
घ) गर्भवती महिलालाई टी.टी. खोप प्रदान गर्नु।
ङ) धनुष्टङ्कार रोगको उन्मूलनका लागि विधालय तहमा टी.टी. खोप कार्यक्रम संचालन गर्नु।
[आफ्नै शैलीमा मिलाएर लेख्नुहोला।]

समूह 'ग' (Group 'C')

तलका प्रश्नहरुको लामो उत्तर दिनुहोस्।

Write long answer of the following questions. [4x7=28]

२१. तिव्र जनसङ्ख्या वृद्दिको परिचय र यसका कुनै तीन असरहरुको संक्षेपमा वर्णन गर्नुहोस्। (Introduce rapid population growth and explain its any three consequences.) [1+6=7]

Answer: वार्षिक जनसङ्ख्या वृद्दी दर २ प्रतिशत भन्दा बढी हुनुलाई तिव्र जनसङ्ख्या वृद्दि भनिन्छ।
-स्वास्थ्य, शिक्षा, खाधन्न, रोजगारी, आवास, खानेपानी, वन जङ्गल विनाश, जल थल स्थल प्राणी, आदि मध्ये कुनै तिन ओटाको संक्षेपमा वर्णन गर्नुहोस्। [आफ्नै शैलीमा मिलाएर लेख्नुहोला।]

२२. पहाडी प्रदेशमा भूस्खलन भइरहेको पाइन्छ? यसलाई रोक्न कुनै सात उपायहरु लेख्नुहोस्। (Soil erosion is going on hilly region. Mention any seven measures to control it.) [7]

Answer: पहाडी प्रदेशमा भइरहेको भूस्खलन रोक्न निम्न सात उपायहरु अपनाउन सकिन्छ:
क) गर पद्दती (वर्णन गर्नुहोस्)।
ख) Mixed Cropping System।
ग) कूलो तर्काउने व्यवस्था।
घ) डीलहरुमा घाँसे विरुवा लगाउने।
ङ) भीरमा अन्नबाली भन्दा फलफूलका बोट विरुवा लगाउने।
च) वृक्षारोपण व्यापक बनाउने।
छ) प्राङ्गारिक मलको प्रयोग धेरै गर्ने।
[आफ्नै शैलीमा मिलाएर लेख्नुहोला।]

२३. नेपालमा एकसिङ्गे गैंडा दुर्लभ हुँदै जानुका सातवटा कारणहरु र संरक्षणका सात उपायहरु लेख्नुहोस्। (Write any seven causes of rareness and seven conservational measure of one-horned rhinoceros in Nepal.) [3.5+3.5=7]

Answer: नेपालमा एकसिङ्गे गैंडा दुर्लभ हुँदै जानुका सात कारणहरु:

क) चोरी शिकारी।
ख) बासस्थानको विनाश।
ग) आगोलागी।
घ) जलवायु परिवर्तनको असर।
ङ) आहारको कमी।
च) एक आपसमा झगडाद्वारा मारामार।
छ) स्वास्थ्य परिक्षणको कमी।

एकसिङ्गे गैंडाको संरक्षणका सात उपायहरु:

क) चोरी शिकारीको नियन्त्रण।
ख) बासस्थानको व्यवस्थापन।
ग) आगोलागी नियन्त्रण।
घ) पर-स्थानीय संरक्षण।
ङ) आहारको व्यवस्थापन।
च) उचित निगरानी।
छ) समय समयमा उचित स्वास्थ्य परिक्षण गर्ने।
[आफ्नै शैलीमा मिलाएर लेख्नुहोला।]

२४. खोपले बालबालिकाहरुलाई विभिन्न खतरनाक रोगहरुबाट बचाउँछ। खोप तालिकाको योजना बनाएर आफ्नो क्षेत्रमा प्रचार-प्रसार गर्ने योजना बनाउनुहोस्। (Immunization saves the life of the children from different diseases. Prepare the schedule of immunization in your locality and prepare a plan to disseminate it.) [7]

Answer:

- खोपका बारेमा जनचेतना गराउने कार्यक्रम बारे लेखेमा।
- खोप तालिका, पोष्टर ठूलो वा चार्ट पेपरमा बनाई आफ्नो टोल, क्षेत्रमा विदाको दिनमा सम्बन्धित क्षेत्रका सरकारी पदाधिकारी, क्लब प्रमूख, स्वास्थ्य कर्मीको सहयोग लिई बि.सि.जी., हेपाटाइटिस, पोलियो, दादुरा, टी.टी., भिटामिन A आदिका बारेमा दिनुपर्ने खोप, उमेर, पटक र के के विरुद्द भन्ने कुरा समेत लेखेमा।
[आफ्नै शैलीमा मिलाएर लेख्नुहोला।]

Check and view SEE solved question paper of Compulsory Health, Population & Education (HPE) Question Paper of 2074/2018 re-133-cc.

SEE-Solved-Question-Paper-Of-Health-Population-Education-HPE-2074-2018-RE-133-CC
SEE Health, Population & Education (HPE) Exam Paper 2074/2018

SEE-Solved-Question-Paper-Of-Health-Population-Education-HPE-2074-2018-RE-133-CC
SEE Health, Population & Education (HPE) Exam Paper 2074/2018

Search Terms/button

SEE Health, Population & Education (HPE) RE-133'CC' Question 2074-2018., 2074 SEE Question Paper., SEE Solved Exam Paper Of Health, Population & Education (HPE) RE-133'CC' 2074-2018., SEE Health, Population & Education (HPE) RE-133'CC' Question Paper 2074., Download SEE Question Paper 2074., Check and Download Health, Population & Education (HPE) RE-133'CC' Question 2074., Download Question Paper Of Health, Population & Education (HPE) RE-133'CC' 2074-2018., Check SEE Health, Population & Education (HPE) RE-133'CC' Question Paper 2074/2018., SEE Question Papers and Solution 2074., SEE/SLC Solution Of Health, Population & Education (HPE) RE-133'CC' Exam Paper 2074., Solved Question Paper Of Health, Population & Education (HPE) RE-133'CC' 2074/2018 Class 10., Solution Of Question SEE 2074., Solution Of Optional Health, Population & Education (HPE) RE-133'CC' Question SEE 2074., Health, Population & Education (HPE) RE-133'CC' Question Paper 2074/2018. alert-info
DR Gurung
A Learner (अज्ञान जस्तो ठूलो शत्रु अरु केही छैन।) 🙏🙏
Comments
First of all, thank you for taking the time to read my blog. It's much appreciated! If you would like to leave a comment, please do, I'd love to hear what you think!

Suggestions and/or questions are always welcome, either post them in the comment form or send me an email at drgurung82@gmail.com.

However, comments are always reviewed and it may take some time to appear. Always keep in mind "URL without nofollow tag" will consider as a spam.

To add an image:
[image] image_url [/image]

To add a code block:
[code] your_code [/code]

To add a quote:
[quote] your_quote [/quote]

To add a link:
[link] your_link_text | link_url [/link]